बेलायतसँग आउंदो साता फेरि गोर्खा वार्ता



फाइल तस्बिर
लन्डन । भूतपूर्व गोर्खा समस्या समाधानका लागि बेलायतसँग आउंदो साता फेरि प्राविधिक स्तरको वार्ता तय भएको छ ।
बेलायती रक्षा मन्त्रालय (एमओडी) मा आगामी ११ जुन बिहान १०:३० देखि डेढ घण्टासम्म वार्ता तय भएको लण्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले जनाइन् ।
‘यो यसअघिका वार्ताकै निरन्तरता हो’ खनालले नेपाली लिंकसँग भनिन् ‘वार्तामा मुख्य गरि पेन्सन मुद्दामै छलफल हुने छ ।’
वार्तामा दूतावासबाट उपनियोग प्रमुख खनाल, सैनिक सहचारी कर्णेल अनुप शाह सहभागी हुनेछन् तर गोर्खा प्रतिनिधिको टुंगो लागिसकेको छैन् ।
६ जुनमा भूतपूर्व गोर्खाहरु र दूतावासबीच हुने छलफलमा उनीहरुको नाम तय हुने आशा छ । बेलायत सरकारका तर्फबाट सरोकारवाला विभिन्न मन्त्रालयका कर्मचारी सहभागी हुनेछन् ।
यसअघि बेलायत र नेपाल सरकार (जीटुजी) तथा गोर्खा प्रतिनिधिबीच ७ चरणमा प्राविधिक र ४ चरणमा मन्त्रिस्तरिय वार्ता भइसकेपनि निष्कर्षमा पुग्न सकेको छैन् ।
आसन्न वार्ता पनि चुनावको पूर्व सन्ध्यामा हुन लागेकाले निर्णायक हुने सम्भावना कम रहेको खनालले बताइन् ।
बेलायतमा जुलाई ४ मा आमनिर्वाचन तय भएको छ । नयाँ सरकार गठनपछि वार्ता कसरी बढ्छ अहिले नै भन्न सकिने अवस्था छैन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५