बिहीबार, पुष २५, २०८१
10:14 | १५:५९

बेल्जियममा साकेला रौनक

नेपाली लिङ्क जुन २, २०२४

बेल्जियम (काजाब्लांका क्यासेल्लो) । किरात राई समुदायको महान चाड साकेला उभौली काजाब्लांका पार्क क्यासेल्लोमा भब्य रूपमा सम्पन्न भएको छ ।

किरात राई सोसाइटी बेल्जियमको आयोजनामा साकेला उभौली किरात येले सम्बत ५०८४ को सुखद अवसरमा किरात पितृपूजासहित सामूहिक साकेला सिली नाचेर सो चाड मनाइएको हो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथी बेनेलक्स र यूरोपियन युनियनका लागि राजदूत गेहेन्द्र राजभण्डारीले गरेका थिए ।

राजदूत राजभण्डारीले परदेशमा पनि आफ्नो कला-संस्कृति, संस्कार र भेषभूषालाई जीवन्त बनाउंदै विदेशीहरूका सामु पस्कने कार्य नेपालकै लागि गौरवको कुरा रहेको बताए ।

कार्यक्रममा विशिष्ट अतिथी बेल्जियमको प्रतिनिधिसभा सांसद कारिन ब्रौवेर्स व्लान्डरणले यो ठाउंमा पनि नेपालको राई समुदायको साकेला हेर्न र नाच्न पाउंदा खुशी लागेको बताइन् ।

अर्का विशेष अतिथी लुभेन महानगरपालिकाका उपमेयर दिर्क भेन्सिनाले यो महानगर विविधताले भरिएको र एक सय ६० भन्दा बढी राष्ट्रका मानिस बसोबास गरिरहेका लुभेन नगरमा नेपाली राई संस्कृतिमा रमाउन पाउंदा हर्षित रहेको बताए।

साकेला फेस्टिवलमा बेल्जियमको दोश्रो ठूलो राष्ट्रिय राजनैतिक दल सिडीएण्डभीका युवा उपाध्यक्ष रुबेन गेलेन्स, लुभेन महानगरपालिका डाइभरसिटी विशेषज्ञ आन एन्ग्लान, पोलेसी सल्लाहकार यासिन एलात्तर, आईफई डाइरेक्टर मिगायल अन्जेल लगायत विशिष्ट अतिथीको उपस्थिति थियो । उनीहरुले साकेला नृत्य समेत गरे ।


कार्यक्रममा गैर आवासीय नेपाली संघ बेल्जियम अध्यक्ष सिता सापकोटा, नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका कार्यबाहक अध्यक्ष मुना राई, विश्व मगर संघ अध्यक्ष लोक राना, किरात याक्थुम चुम्लुङ अध्यक्ष बदन योङहाङ, शेर्पा समाजका अध्यक्ष पेम्बा शेर्पा, तमु समाज अध्यक्ष होम गुरुङ, तामाङ समाज अध्यक्ष राम लामा, थकाली सेवा समिति प्रतिनिधि श्रीआनन्द शेरचन, तमुधिं अध्यक्ष संगीता गुरुङ, एनआरएन ग्लोबल बेल्जियम अध्यक्ष पद्म गुरुङ, क्षेत्री समाजका यसोदा थापा, पाशापुच प्रतिनिधि देवु श्रेष्ठले साकेलाको शुभकामना दिए ।

साकेलामा एनआरएनए पूर्व केन्द्रीय उपाधक्ष अर्जुन कुमार श्रेष्ठ, जनसम्पर्क समिति यूरोप महामन्त्री गंगाधर गौतम, बेल्जियम महामन्त्री गोबिन्द सिंह अधिकारी, संघीय समावादी बेल्जियम अध्यक्ष नेत्र मगर, प्रवासी मंच बेल्जियमका निवर्तमान अध्यक्ष चन्द्र कुमारी गुरुङ ईशा, उपसचिव जनक सुबेदी, जनप्रगतिशील मंच उपाध्यक्ष मनिष तमु, राप्रपा बेल्जियम अध्यक्ष अनिल थापा, राष्ट्रिय स्वतन्त्र पार्टी बेल्जियमका सल्लाहकार डिल्लीराम भण्डारी, अन्तराष्ट्रिय काभ्रेली समाजका अध्यक्ष दिनेश उप्रेती, काभ्रेली समाज बेल्जियमका अध्यक्ष उद्धव गौतम, पत्रकारहरु जनक बराल, सनत आचार्य समेतको सहभागिता थियो

त्यसैगरी नेपाल ब्यवसायी संघ बेल्जियम अध्यक्ष चिरन कुमार खवास, नेबाब फुड फेष्टिभल संयोजक तथा युवा समाजसेवी काशी दनै, पर्वत समाज अध्यक्ष नन्दा कुमारी गुरुङ, कास्की समाज अध्यक्ष जीवन तमु, एनारएन बेल्जियम निवर्तमान अध्यक्ष खडकबहादुर केसी, नेपाल टेलिकम सहनिर्देशक नवराज खतिवडा, बरुण घिमिरे, क्याट बेल्जियम अध्यक्ष इश्वरी कंडेल, यूरो नेपाल कलाकार संघ बेल्जियमका वरिष्ठ उपाध्यक्ष गडुलध्वज गुरुङ, एनआरएन बेल्जियम महासचिव रुविना शर्मा, लुम्बिनी कपिलबस्तु अभियान प्रतिनिधि रश्मी  निरौला, बाग्लुङ समाज अध्यक्ष मोहन गौतम, सांग्रिला समाज अध्यक्ष नारायण अधिकारी, सिक्लेस पार्चे कल्याण कोष अध्यक्ष ओम प्रशाद तमु, पूर्वेली समाज लुभेन संयोजक तथा एनआरएन बेल्जियम उपाध्यक्ष लोकेन्द्र नेपाल, मादल इन्टरटेनमेन्ट संयोजक अजित तुलाचन, नेफिन बेल्जियम सलाहकार अनिता लामा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।


आफ्नो मौलिक पोशाक र गरगहनाले सजिएका किरात राई बाल-बच्चा, युवायुवती र वयष्कहरूको साकेला सिली र ढोल झ्याम्टाले क्यासेल्लो पार्क गुन्जायमान भएको थियो भने सम्पूर्ण विदेशी-नेपाली पाहुनाहरूले सिली टिप्दा झनै साकेला रौनक बनेको थियो।

३५० बढी सहभागी कार्यक्रममा समाजका अग्रजहरू धन कुमार बान्तवा, देव राई, मालती राई, श्रेया राई, भविन्द्र राई, मोनी कुलुङ लगायतले सुम्निमा-पारुहाङ पितृ, भूमि र प्रकृति पूजा गर्दै बालीनाली चरा चुरुंगी, जलचर स्थलचर जीवजन्तुबारे भाकल गर्दै आशीर्वाद मागेका थिए ।

ब्यवस्थापन र अतिथी सत्कारतर्फ सोसाइटी उपाध्यक्ष सरु चाम्लिङ, तारा राई, रेनुका राई, राजेन राई, गोपाल साम्पाङ, आर्टेन नाछिरिंङ, सोनिया राई, इकु राई, दिब्यानी खालिङ, अनिता लामा राई, सुनिल राई, सुवास चाम्लिङ, रोशन राई, मयुमा राई, लिना राई, पुनम चाम्लिङ, ड्रिष्ना राई, मन्दिप राई लगायतले गरेका थिए । 


कार्यक्रममा बेल्जियम प्रतिनिधि सभाका सांसद कारिन ब्रौवेर्स व्लान्डरणसहित बिशिष्ट अतिथीहरूले संयुक्त रूपमा देव राई, सरू राई, धन कुमार बान्तावा, मुना राई, ऋषि धन राई जर्मनी, पासुंग डिल्ली राई -जर्मनी नेपाल वेद देवान), पत्रकार महासंघ युरोप अध्यक्ष केजिन राई, एनआरएन जर्मनी अध्यक्ष निन्नामा राईलाई सम्मानपत्रद्वारा सम्मान गरे ।

सोसाइटी अध्यक्ष इन्दिरा चाम्लिङको सभापतित्वमा सम्पन्न कार्यक्रम महासचिव सवनम राईले डच र नेपालीमा संचालन गरेका थिए । अतिथिहरूलाई मुना राईले स्वागत गरेकी थिइन् । 

अध्यक्ष चाम्लिङले साकेला चाडबारे चर्चा गरेकी थिइन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू