लन्डन वेम्बलीको ‘मःम ३६५’ जहाँ नामजस्तै खाना पनि छ युनिक (भिडियो)
लन्डन- लन्डन अल्पर्टनस्थित ट्रेडर वेम्लीमा एक नेपाली दम्पत्तिले भर्खर खोलेका छन् मःम ३६५ । टिपिकल नेवारीलगायत नेपाली खाना पस्कने उक्त रेष्टुरेन्टको नाम जति यूनिक छ, खाना पनि उस्तै स्वादिष्ट छ ।
ट्रेडर वेम्लीको फुड कोर्ट युनिट २० मा करिब डेढ महिना अघिमात्र खुलेको उक्त रेष्टुरेन्टले स्वादिष्ट खाना पस्केर ग्राहक मन जितिरहेको छ ।
मःम ३६५ का सञ्चालक हुन् निरु श्रेष्ठ र सुरेश महर्जन । निरु समग्र व्यवस्थापन हेर्छिन् भने उनका श्रीमान् सुरेश सेफ छन् रेष्टुरेन्टमा ।
सन् २००९ नोभेम्बरमा लन्डन आउनु अघिसम्म सुरेश पाटनमा रेष्टुरेन्ट चलाउंथे आफैं सेफ भएर । टिपिकल नेवारी खाना बनाउन उनी नेपालमै दक्ष भए ।
निरु विद्यार्थी र सुरेश उनको डिपेन्डेन्टका रुपमा लन्डन आएपछि यो जोडी हस्पिटालिटीमै रमाउन थाले । यस क्षेत्रमा लामो अनुभव भएकाले पनि नयां व्यवसायले छोटो समयमा नै सन्तोषजनक ‘पिकअप’ लिएको छ ।
लामो समयदेखि फ्रोजन मःम उत्पादन गरिरहेको मुस्ताङ लाउन्ज कम्पनी अन्तर्गत चालु छ मःम ३६५ ।
मःम का भेराइटी त पाइने भइहाल्यो, वर्ष भरि नै रेष्टुरेन्ट खुल्ने भएर नाम मःम ३६५ जुराइएको बताउंछिन् सञ्चालिका निरु श्रेष्ठ । दिउसो १२ देखि राती ११ बजेसम्म खुल्ने उक्त रेष्टुरेन्टमा खानाका भेराइटी उल्लेख्य छन्, अफोर्डेबल छ मेन्यू ।
कोथे, झोल, चिल्ली, प्लाटर मःमसहित मःमका कयौं प्रकार, चाउमिन, नेवारी सेट अन्तर्गत बारा, चटामरी, छोयला, योमरी, नन भेज नेवारी सेट, आलु तामा, ह्याकुलो लगायत बच्चाहरुका लागि बेग्लै खाना पाइन्छ रेष्टुरेन्टमा । एउटा नेवारी सेटमा मात्र ८ परिकार हुन्छन् ।
पोर्सन ठूलो र क्वालिटी क्वान्टिटी पनि राम्रो रहेको दावी सञ्चालकको छ । मसला चिया, पेय पदार्थ पनि उपलब्ध छ यहां ।
फुड कोर्टमा बसेर खानुको मज्जा नै बेग्लै छ । बजर छ रेष्टुरेन्टमा, ग्राहकले खाना तयार भएपछि आफ्नो बजर बजेको सुनेर फुड कलेक्ट गर्ने गर्छन् ।
फुड हाइजिन रेटिङ ५ रहेको मःम ३६५ का खाना जस्ट इट, उवर इट्स र डेलिबरोमार्फत अनलाइन अर्डर गर्न पनि सकिन्छ ।
यहां होम डेलिभरी पनि हुन्छ तर कलेक्सन गर्नेले २० प्रतिशत डिस्काउन्ट पाउंछन् । विशेष अकेजनका लागि आवश्यक परे आउट डोर क्याटरिङ पनि व्यवस्था छ । उनको रेष्टुरेन्ट र फ्रोजन मःम बनाउन १० जना नेपालीले काम पाएका छन् ।
आफ्नो रेष्टुरेन्टमा सबैभन्दा बढी मःम विक्री हुने निरुले बताइन् । इण्डियन, श्रीलंकन, ब्रिटिशले पनि नेवारी खाना रुचाएका उनको भनाइ छ ।
‘रेष्टुरेन्ट खोल्ने बित्तिकै शुरुमा ९० प्रतिशत जति इण्डियन आउंथे, अहिले ५० प्रतिशत इण्डियन र ५० प्रतिशत नेपाली आउने गरेका छन्’, निरु भन्छिन्, ‘दैनिक पाक्ने फ्रेस खाना, स्वादिलो र नेपालमै जस्तो मौलिक खाना पाइने भएर पनि वीकेन्डमा झन् बढी बिजी हुन्छ ।’
फुड कोर्ट छिरेपछि खानाका धेरै भेराइटी पाइने भएकाले ग्राहकको भीड दिनहुं लाग्ने गर्छ । फुड कोर्टमा ठूलो स्क्रिनमा क्रिकेट, फुटबल वा अरु खेल हेर्न मानिस आउंछन् । बालबच्चाका लागि बेग्लै खेल्ने ठाउं छ ।
बाहिरबाट लन्डन घुम्न आउंदा खानाकै लागि नेपालीहरु खोजी खोजी आफ्नो रेष्टुरेन्टमा आउने गरेको निरुले बताइन् ।
कष्टमर सर्भिस् राम्रो अनि फुड हाइजिन र एलर्जनमा बढी ध्यान दिने भएकाले ग्राहक आकर्षित भइरहेको सेफ सुरेशको भनाइ छ ।
छोटो समयमै व्यापार निकै राम्रो भइरहेको निरु सुरेश दम्पत्ति बताउंछन् । ‘आउंदो ६ महिनाभित्र अर्को ब्रान्च खोल्ने योजना बनाइसकेका छौं’, निरुले सुनाइन् ।
यतिखेर धेरै व्यवसायमा चुनौति छ । किन यही बेला शुरु भयो रेष्टुरेन्ट ? निरु भन्छिन्, ‘जोखिम छ भनेर कति कुर्ने ? जोखिम त लिनै पर्छ भन्ने लागेर अहिले नै आंट्यौं । राम्रो पनि भएको छ ।’
व्यवसाय गर्न अझ ढिला भयो कि जस्तो पश्चाताप लाग्ने गरेको निरुले बताइन् ।
डेढ वर्ष अघि अध्ययनका लागि यूके आएकी सारिका केसी मःम ३६५ मा पार्टटाइम काम गर्छिन् । खुलेदेखि नै काम थालेकी उनले स्टाफ सबैजना फ्रेण्ड्ली र काम गर्ने राम्रो वातावरण भएकाले कहिल्यै प्रेसर फिल नहुने बताउंछिन् । ‘शुरुमा केही अनुभव नभएपनि दाई दिदीले सिकाएर काम दिनुभयो । म निकै आभारी छु, उनले सुनाइन् ‘सेवा सुविधा पनि राम्रो दिनु भएको छ ।’
निरु सुरेशको मुस्ताङ लाउन्ज कम्पनीले फ्रेस फ्रोजन मःम उत्पादन गर्छ । कम्पनीले विगत ८-९ वर्ष देखि चिकेन, ल्याम्ब, भेज, पनिर, बफ जस्ता फ्रोजन मःम विक्री गर्दै आएको निरुले सुनाइन् ।
हेरौं मःम ३६५ बारे नेपाली लिंकको भिडियो रिपोर्ट:
तस्विरमा मःम ३६५ का मुखै रसाउने परिकारहरु:
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५