बेल्जियममा तेश्रो नेपाली खाना महोत्सव


लन्डन । बेल्जियममा तेश्रो नेपाली फुड फेस्टिबल भएको छ ।
नेपाली व्यवसायी संघ बेल्जियमले नेपाली राजदूतावास ब्रसेल्सको संयोजकत्व र सहकार्यमा सप्ताहन्त महोत्सव गरेको हो ।
खाना महोत्सवमा १५ देशका राजदूत, युरोपियन युनियन प्रमुख, पार्लियामेन्ट बेल्जियमका सदस्य, लुभेनका मेयरसहित अन्य विभिन्न देशबाट आएका गरि करिब २२ हजार नेपाली र बेल्जियमवासी नागरिक सहभागी भएको आयोजकले जनाएका छन् ।
कार्यक्रममा १४ वटा नेपाली खानाका स्टल, दुईवटा हस्तकला, १०० वटा बालबालिका नृत्य, ५० वटा सांस्कृतिक नाच साथै विभिन्न भेषभूषासहितको नृत्य प्रस्तुत गरिएको थियो ।
नेपाली पर्यटन प्रवर्धन गर्न आयोजकले भाग्यचिट्ठाद्वारा एकजनालाई आवतजावत हवाई टिकट र अर्को एकजनालाई काठमाडौंमा तीन रातको होटल बसाई निःशुल्क प्रदान गरेका छन्।
विदेशमा रहेर पनि नेपाली कला संस्कृति, खाना एवं पर्यटन प्रवर्धन गरी नेपाल राष्ट्रको सम्वृद्धि र विकास गर्ने उद्देश्यले महोत्सव गरिएको संयोजक काशी दनैले बताए ।
लुभेनमा दोस्रो पटक भएको नेपाली खाना महोत्सव निकै व्यवस्थित भन्दै स्थानीय मेयरले निकै प्रशंसा गरेका थिए ।
कार्यक्रम व्यवस्थित बनाउन स्वयंसेवकहरु र सुरक्षालाई मध्यनजर राख्दै रेडक्रस टिम खटाइएको थियो ।
नेपाली व्यवसायी संघ बेल्जियमले कार्यक्रम सफल भएको भन्दै सबैमा आभार व्यक्त गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५