मंगलबार, चैत १८, २०८१
कान्तिपुर अध्यक्ष सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति


नेपाली लिङ्क
मे २४, २०२४
काठमाडौ-कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ।
धनुषा जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले शुक्रबार सिरोहियालाई थप ३ दिनको म्याद थपेको हो।
यसअघि अदालतले अनुसन्धानका लागि ३ दिनकै म्याद दिएको थियो। अदालतले दोस्रोपटक आज ३ दिनको म्याद थपेको हो।
नागरिकता सम्बन्धी कसुरमा प्रहरीले सिरोहियालाई गत मंगलबार पक्राउ गरेको थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई सहितको टोलीले उनलाई कार्यकक्षबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा पुर्याइएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५