मंगलबार, फागुन १३, २०८१
सोलिसिटर राजु थापा हन्स्लो काउन्सिलबाट सम्मानित


नेपाली लिङ्क
मे २३, २०२४
लन्डन । बेलायतका पहिलो नेपाली सोलिसिटर राजु थापा लन्डन बरो अफ हन्स्लो काउन्सिलबाट सम्मानित भएका छन् ।
सोलिसिटर थापाले समुदायमा गरेको योगदानको कदर गर्दै काउन्सिलले उनलाई सम्मान गरेको हो ।
बुधबार हन्स्लो मेयर काउन्सिलर अफजाल कियानीले सोलिसिटर थापालाई प्रमाणपत्रसहित आफ्नै कार्यकक्षमा सम्मान गरेका थिए ।
एभरेष्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर तथा निर्देशक थापा विगत दुई दशकदेखि कानूनी पेशामा आवद्ध छन् ।
नेपाली समुदायमा निशुल्क कानूनी परामर्श समेत गरेर विद्यार्थी र भूतपूर्व गोर्खाहरुका लागि धेरै सहयोग गरेका थापा अध्यागमनमा विशेष दक्ष मानिन्छन् । सन् २०१० तिर उनले धेरै विधार्थीको उद्दार पनि गरेका थिए ।
उनी बेलायतका विभिन्न नेपाली संघसंस्थामा कानूनी सल्लाहकार समेत छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५