गोर्खा वार्ता छिटो टुंग्याउन गाहामगरले बेलायती प्रधानमन्त्रीलाई दिए ज्ञापनपत्र



बेलायती प्रधानमन्त्री ऋषि सुनक । तस्बिर एपी
लन्डन- गैरआवासीय नेपाली संघ यूके अध्यक्ष प्रेम गाहा मगरले बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई तीन बुँदे ज्ञापनपत्र बुझाउंदै भूतपूर्व गोर्खा भेट्रानको विदा अवधि बढाउन र जारी गोर्खा वार्ता टुंगोमा पुर्याउन माग गरेका छन् ।
नेपाल-बेलायत मैत्री सन्धीको शतवार्षिकीका अवसरमा सोमबार टेन डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री कार्यालयमा आयोजित विशेष समारोहपछि गाहामगरले बेलायती प्रधानमन्त्रीलाई एक ज्ञापनपत्र बुझाएको जनाएका छन् ।
मेन हलमा अनुकुलता नमिलेपछि प्रधानमन्त्रीको फलो गर्दै उनले अर्को कक्षमा ज्ञापनपत्र थमाएका थिए ।
ज्ञापनपत्रमा गोर्खा भेट्रानलाई नेपाल जांदा हाल दिइएको एक महिना विदा अपुग भएको भन्दै यसलाई बढाएर तीन महिना व्यवस्था गर्न माग छ ।
त्यसैगरि, बेलायत र नेपाल सरकारबीच भइरहेको गोर्खा वार्ता परिणाममुखी नभएकोतर्फ स्मरण गराउंदै गाहा मगरले ज्ञापनपत्रमा यसको शीघ्र समाधानका लागि आग्रह पनि गरेका छन् ।
१ जुलाई, १९९७ अघि अवकास प्राप्त गोर्खाहरुलाई सन् १९४७ को त्रिपक्षीय सन्धि अनुरुप समान पेन्सन र सेवा सुविधाबाट वन्चित गरिएको उल्लेख गर्दै ज्ञापनमा २०१८ को प्राविधिक समितिको रिपोर्टकै आधारमा अधिकार दिन पनि माग छ ।
उता, ज्ञापनपत्रमा नेपाल-बेलायत सम्बन्धको २०८ वर्ष लामो अवधिमा हालसम्म कुनै पनि बेलायती प्रधानमन्त्रीले नेपाल नेपाल भ्रमण नगरेको सन्दर्भ उठाउँदै यसका लागि सुनकलाई अनुरोधसहित निमन्त्रणा पनि गरिएको छ ।
ज्ञापनपत्र यस्तो छ:
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५