लन्डनमा घन्कियो सारंगीको धुन
लन्डन– सारंगी चौतारी यूकेको आयोजनामा नेपाली मौलिक बाजाहरुको संगम कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ ।
गत आइतबार वाटलिङ्ग कम्युनिटी सेन्टरमा आयोजित कार्यक्रममा वरिष्ठ सारंगीवादक श्यामशरण नेपाली र प्रिन्स नेपालीको विशेष प्रस्तुति थियो ।
सारंगी चौतारीका वाद्यवादकहरु केरजङ गुरुङ, टंक शेरचन, दिनेश गुरुङ, मीन गुरुङ, डम्बर सिंह, मनोज अन्जान, कुमार गुरुङ ,रेशम पाचे मगर, जंग पुन मगर, रफी श्रेष्ठ र मदन थापाले सहयोग गरेका थिए ।
प्रमुख अतिथि बेलायतस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, एजवेएर बार्नेटका काउन्सिलर तथा पूर्व उपमेयर लक्ष गुरुङ, बर्न्टओकका काउन्सिलर कमल गुरुङ र सारंगी चौतारीका संयोजक टंक शेरचनले संयुक्त रुपमा दीप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उल्लेखनीय उपस्थिति थियो ।
कार्यक्रममा काउन्सिलर कमल गुरूङले श्याम नेपालीलाई र काउन्सिलर लक्ष्य गुरूङले प्रिन्स नेपालीलाई फेटा लगाएर सम्मान गरेका थिए । कार्यक्रम सञ्चालन सारंगी चौतारीका सचिव डम्बर सिङले गरेका थिए ।
करिब १४० दर्शकले सारंगीको मीठो धुन सुनेर भरपुर मनोरञ्जन लिए ।
सारंगी चौतारी यूकेको पहिलो कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई संयोजक टंक शेरचनले हार्दिक धन्यवाद दिएका छन् ।