बुधबार, पुष १०, २०८१
05:26 | ११:११

बेलायतकी साइक्याट्रिक नर्स सुष्माले पाइन् अवार्ड

नेपाली लिङ्क मे १७, २०२४

लण्डन – बेलायतको नेपाली समुदायकी सक्रिय महिला स्वास्थ्यकर्मी सुष्मा गुरुङ बेलायतमा उत्कृष्ट मानसिक स्वास्थ्य सेवा प्रदान गरेवापत पुरस्कृत भएकी छिन्।

मानसिक स्वास्थ्य सेवामा समर्पित सामुदायिक नर्स सुष्माले सरे बोर्डर्स पार्टनरशिप स्टाफ अवार्डमा दोस्रो स्थान हासिल गरेकी हुन् ।

उनले हार्बर होटल, गिल्डफोर्ड, सरेमा ४०० दर्शकहरूको बीचमा दोस्रो पुरस्कार पाइन् ।

पुरस्कृत बनेपछि उनले कडा मेहनत, परिश्रम र पेशाप्रतिको लगनको उच्च मूल्यांकन भएको बताइन् ।

एनएचएसका कर्मचारीहरूको ठूलो उपस्थितिमा भएको समारोहमा उनलाई सम्मान प्रदान गरिएको थियो । सुष्माले मानसिक स्वास्थ्य सामुदायिक नर्स मध्ये मेहनति र उत्कृष्ट सेवा प्रदायक छवि बनाएको समाजसेवी रोहित गुरुङ बताउंछन् ।

अल्डरशट हेल्थ केयरका कर्मचारी, फ्रिम्ली पार्क अस्पतालका कर्मचारी लगायत अवार्ड समारोहमा उपस्थित थिए ।


पेसाले मनोचिकित्सक (साइक्याट्रिक) नर्स सुष्मा गुरुङ सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छिन् । उनी ग्रेटर रसमुर नेपाली कम्युनिटीको उपाध्यक्ष, तमुधिं यूके महिला समूहको कार्यकारी सदस्य, शिव कल्चर एन्ड कम्युनिटी सेन्टरको महासचिव तथा श्री सत्य साई अर्गनाइजेसन यूके क्षेत्रीय अध्यक्षसमेत छन् । अध्यात्ममा उनको विशेष रुची छ ।

शिक्षामा अब्बल सुस्मा सन् १९९८ सालमा बेलायत आएकी थिइन् । उनले १९९३ सालमा काठमाडौँको मिनभवन क्याम्पसबाट बीकम, २००३ मा युनिभर्सिटी अफ सर्रेबाट सफ्टवेयर इन्जिनियरिङमा स्नातक र २०१७ मा युनिभर्सिटी अफ वेस्ट लन्डनबाट मेन्टल हेल्थमा पहिलो श्रेणीमा ग्र्याजुएट गरेकी थिइन् ।

डा. जगन कार्की 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू