आइतबार, भदौ २३, २०८१
02:51 | ०७:३६

बलात्कार मुद्धामा सन्दीप लामिछानेले पाए सफाइ

नेपाली लिङ्क मे १५, २०२४


काठमाडौं – बलात्कार मुद्धामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन्।

यसअघिको जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै बुधबार उच्च अदालत पाटनले उनलाई सफाइको फैसला सुनाएको हो।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले सन्दीपलाई सफाइ दिएको हो ।

यसअघि जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी मुद्दामा लामिछानेलाई ८ वर्ष कैद सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने फैसला गरेको थियो।

जिल्लाको आदेशविरुद्ध लामिछानेले आफू निर्दोष रहेको दावी गर्दै फागुन २० गते उच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए।

काठमाडौंको गौशालास्थित एक होटलमा लगेर बलात्कार गरेको आरोपमा पीडितले उजुरी दिएकी थिइन्।

उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन पाउने भएका छन् ।

जिल्ला अदालतले दोषी ठहरयाएपछि क्यानको निलम्बनमा परेका उनलाई उच्चको फैसलापछि सो निलम्बन फुकुवा गरेर टी–२० विश्वकपमा खेलाउने बाटो समेत खुला भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू