लन्डनस्थित माया क्रिकेट क्लवको जर्सी सार्वजनिक


लन्डन । माया क्रिकेट क्लबले आज आइतबार क्याम्बर्लीस्थित हाउली मैदानमा आफ्नो जर्सी सार्वजनिक गरेको छ ।
उक्त जर्सी सार्वनजिकीकरण कार्यक्रममा नेपाली वियर उत्पादकका तर्फबाट निर्देशक विकास नेपाल, मामाज रेष्टुरेन्ट हाउन्स्लोबाट टंक गुरुङ, क्याटलिस्ट आइटी कन्सल्टेन्सीका हरि भट्ट र एचटीआर केयर एण्ड रिक्रूटमेन्टका टंक भट्टराई एवं जेनिश गिरी सहभागी थिए । उनीहरुले माया क्रिकेट क्लवसंगको सहकार्यबारे क्लवका सञ्चालक राज पाण्डेसंग छलफल गरेका थिए ।
सञ्चालक पाण्डेले सबै प्रायोजकलाई धन्यवाद दिँदै भविष्यमा पनि निरन्तर सहयोगको अपेक्षा गरे । मायाले प्रायोजकहरुसंग सहकार्य गरि उनीहरुको व्यवसाय प्रवर्धनमा समेत सहयोग गर्ने प्रतिवद्धता पनि पाण्डेले व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागी हुन सबै प्रायोजकलाई जानकारी दिइएपनि छोटो सूचनाका कारण सिमित प्रायोजक त्यहां उपस्थित भएका थिए ।
माया क्रिकेट क्लब माया इभेन्ट्स र माया सपोर्टेड लिभिङ लिमिटेडद्वारा लन्डनमा सञ्चालित नयां क्लब हो।
माया क्रिकेट क्लबलाई एचटीआर केयर एण्ड रिक्रूटमेन्ट, क्याटलिस्ट आइटी कन्सल्टेन्सी, सलाद मास्टर यूके (मनी कला राई), ड्रिम्स एजुकेशन कन्सल्टेन्सी, हिरेन पटेल सोलिसिटर्स, केटीएम ट्राभल एण्ड टुर्स, आर के अटो वर्क्स, जीएनएस एसोसिएट्स, मोर्डन डोनेस्टिक प्लम्बिङ एण्ड हिटिङ, दि गोर्खा सेन्टर, आइकोन कन्सट्रक्सन, मामाज हाउन्स्लो, नेपाल फुड्स, नेपाली बियर, हाउस क्रिकेट एकेडेमी र स्रान कन्स्ट्रक्सनले प्रायोजन गरेका थिए ।
उता, माया क्रिकेट क्लव र खुकुरी क्रिकेट क्लब (२०२३ को च्याम्पियन) बीच ब्रिटिश गोर्खा क्रिकेट लिग भएको छ ।
सो खेलमा मायाले टस जितेर पहिले ब्याटिङ गर्दै ३१२ रन बनाएको थियो भने ५ जना ब्याट्सम्यानले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए। खेलमा प्रकाश विष्टले ६१ रन, सचिन शर्माले ५१ रन, दीपेन्द्र चन्दले ५५ रन, विशाल बन्जाडेले ५७ रन र आशिष कुर्मीले ४४ रन बनाए ।
खुकुरी क्रिकेट क्लब १२२ रनमा अलआउट भई १९० रनले पराजित भयो ।
खेलमा नवीन तामाङले ४, आशिष कुर्मी, प्रकाश विष्टले २–२, सन्देश पाण्डे र चन्दन रावलले १–१ विकेट लिएका थिए । एकतर्फी भएपनि खेल उत्कृष्ट भएको क्लवका सञ्चालक राज पाण्डेले बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५