लन्डनबाट दर्शक मन जितेर फर्किए नेपाली खेलाडी


लन्डन । इंग्ल्याण्ड सीसंग ऐतिहासिक मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ ।
शुक्रबार राती हिथ्रो टर्मिनल फोरबाट ३० सदस्यीय टोली नेपाल फर्किएको हो।
खेलाडीलाई विदाइ गर्न खेल सफल पार्न डे वानदेखि जुटेका नेपाली समुदायका अभियन्ताहरु सूर्य गुरुङ, कमल कोने गुरुङ, कुमार गुरुङ, दिलरास गुरुङ, विमल गुरुङ, व्यवसायी रविन्द्रजंग लामिछाने लगायत विमानस्थल पुगेका थिए ।
नेपाली टोली अल्डरसट टाउन फुटबल क्लवको आयोजनामा गत साता पहिलोपटक बेलायत आएको थियो ।
गत सोमबार अल्डरसट टाउन फुटबल क्लवको इबीबी रंगशालामा भएको खेलमा नेपाल इंग्ल्याण्ड सीसंग २ गोलले पराजित भएपनि उनीहरुले नेपाली दर्शकको मन जितेका छन् । खेल हेर्न रंगशालमा झण्डै ७ हजार नेपाली दर्शक ओइरिएका थिए ।
अभियन्ता सूर्य गुरुङले नेपाली खेलाडी बेलायत आएर अवसरको ढोका खोलेको बताए । ‘केही खेलाडीलाई अल्डरसट टाउन फुटबल क्लवमा समाहित गर्नेबारे सकारात्मक कुरा भएको छ । खेलाडीले नयां अनुभव पनि बटुलेर फर्किएका छन्’, उनले भने ।
बेलायत भ्रमणका क्रममा नेपाली टोलीले विभिन्न ठाउंको अवलोकन गरेको थियो । उनीहरुलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान पनि गरेको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५