इङ्ल्यान्ड नेपाल खेल उद्गघाटनमा आनीले नेपालको राष्ट्रिय गान गाउने


लण्डन। नेपाली राष्ट्रिय टिम र इङ्ल्यान्ड ‘सी’ बीच सोमबार हुन लागेको ऐतिहासिक फुटबल खेल उद्गघाटन समारोहमा चर्चित गायिका आनी छोइङ ड्रोल्माले नेपालको राष्ट्रिय गान गाउने भएकी छन् ।
हाल बेलायतमै रहेकी गायिका आनीले नेपाली टिम पहिलोपटक यहाँ आएर ऐतिहासिक खेल खेल्न लागेको गौरवपूर्ण क्षणमा आफूले राष्ट्रिय गान गाउन पाउनु सुखद संयोग भएको बताइन् । ‘बेलायतको समस्त नेपाली समुदायले उत्साहजनक सहभागिता जनाइदिए खेलाडीको मनोवल र हौसला बढ्ने छ’-उनले गोर्खा प्यालेसमा शनिबार आयोजित स्वागत कार्यक्रममा भनिन् ।
यही ६ मे सोमबार ३ बजे नेपाली राष्ट्रिय टिम र इङ्ल्यान्ड ‘सी’ बीच अल्डरसट टाउन फुटबल क्लबको इबीबी स्टेडियममा खेल उद्गघाटन हुने छ ।
अल्डरसट टाउन फुटबल क्लबको आयोजना र समस्त नेपाली समुदायको सहयोगमा खेल हुन लागेको हो ।
उक्त मैत्रीपूर्ण खेलका लागि खेलाडी, प्राविधिक र एन्फा पदाधिकारीसमेत गरि ३० जनाको टोली अहिले बेलायतमा छ ।
गोर्खा प्यालेसले शनिबार आनीसहित नेपाली खेलाडीलाई स्वागत सम्मान गरेको थियो ।
सो अवसरमा अल्डरसट टाउन फुटबल क्लबका अध्यक्ष साहिद अजिम, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, गोर्खा प्यालेसका सन्चालक एवं खेल सफल बनाउन अहोरात्र खटिएका एनआरएनए पूर्व अध्यक्ष सूर्य गुरुङ लगायत खेलाडी, प्राविधिक र एन्फा पदाधिकारी सहभागी थिए।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५