मंगलबार, फागुन १३, २०८१
३४ लाख बढी ठगेको आरोपमा किरात राई यायोख्या बेलायत अध्यक्ष राई पक्राउ


रासस
मे ४, २०२४
काठमाडौँ । वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु ३४ लाख २३ हजार तीन सय ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा योगेश राई रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनले भने, “रोहित श्रेष्ठ र जिवेन्द्र श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै निजले रु ३४ लाख २३ हजार तीन सय ठगी गरेको आरोपमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो ।”
पक्राउ परेका निज राईमाथि जिल्ला प्रहरी परिसर काठमाडौँबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।
उनी किरात राई यायोख्या बेलायत अध्यक्ष साथै बेलायतमा रहेका नेपाली सुनचाँदी व्यवसायीहरुको संगठनका पनि अध्यक्ष हुन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५