बेलायत रश्मोर काउन्सिलरमा नेपालीमूलका तीनै उम्मेद्वार पराजित



नेपाली मूलका उम्मेद्वारको पक्षमा अभियान गर्दै स्थानीय नेपाली
लन्डन- बेलायतमा नेपालीको राजधानी भनिने रश्मोर बरोको काउन्सिलरमा नेपाली मूलका तीनै उम्मेद्वार पराजित भएका छन्।
विहीबार सम्पन्न स्थानीय निर्वाचनमा काउन्सिलर पदका उम्मेद्वारहरु जीव बेल्वासे, नेम थापा र डा विशाल गुरुङ निर्वाचित हुन सकेनन् ।
सत्तारुढ कञ्जरभेटिभ पार्टीबाट उम्मेद्वार तीनै जना आ-आफ्नो वडामा लेबर पार्टीका उम्मेद्वारबाट पराजित भए ।
उनीहरुमध्ये बेल्वासे र थापाले यसअघि निर्वाचित भएर एक कार्यकाल काउन्सिलरको जिम्मेवारी पूरा गरिसकेका छन् भने डा गुरुङ पहिलोपटक उम्मेद्वार बनेका थिए ।
निर्वाचन नतिजाअनुसार रश्मोर म्यानर पार्क वडामा बेल्वासेले ९ सय २७ मत प्राप्त गरी उपविजेता बन्दा लेबर पार्टीका उम्मेद्वार १ हजार ३४ मतसहित निर्वाचित भए ।
त्यस्तै, चेरीवुड वडामा थापाले ४ सय ९८ मत ल्याएर दोस्रो भए भने विजयी लेबर उम्मेद्वारले ९ सय ४९ मत ल्याए ।
वेलिङटन वडामा डा गुरुङले ५ सय ३ मत र विजयी लेबर उम्मेद्वारले ७ सय ४४ मत पाए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५