पूरा भयो बेलायतमा ‘गल्कोट हाउस’ सपना, तीन लाख पाउन्डमा भवन खरिद



भवनको सांचो बुझ्दै समाजका पदाधिकारी
लन्डन- बेलायतमा बस्ने गल्कोटेहरुको संस्था ‘गल्कोट समाज यूके’ ले आफ्नो संस्थागत भवन खरिद गरेको छ ।
मिडल्यान्डको बर्मिङहम, वेष्ट ब्रमिचको सिग्नट रोडमा समाजले आफ्नो महात्वाकांक्षी प्रोजेक्टका रुपमा रहेको ‘गल्कोट हाउस’ खरिद गरेको हो ।
करिब तीन लाख पाउन्डको लागतमा समाजले ३ बेडरूम हाउस खरिद गरेको अध्यक्ष चन्द्र साहनीले नेपालीलिंकलाई जानकारी दिए। जम्मा मूल्यको ३० प्रतिशत रकम डाउन पेमेन्टस्वरूप बुझाइएको छ भने बांकी मोर्गेजमा छ।
समाजका अध्यक्ष चन्द्र साहनी, निवर्तमान अध्यक्ष भोजराज कंडेल र पूर्व अध्यक्ष राजु कंडेलसहितका पदाधिकारीले शुक्रबार भवनको सांचो बुझेका छन्।
तत्काललाई भवन भाडामा लगाएर संस्थाको लागि आयस्रोत बनाउने योजना समाजले बनाएको छ ।
बाग्लुङ जिल्लाको गल्कोट क्षेत्रमा पुर्ख्यौली भएर हाल बेलायतमा बस्दै आएकाहरुको प्रतिनिधि संस्थाको रुपमा सन् २०१६ मा गल्कोट समाज यूके स्थापना गरिएको थियो।
समाजले बेलायतमा आफ्नै संस्थागत भवनको लक्ष्य राखेर सन् २०१८ देखि नै गल्कोट हाउस प्रोजेक्टमा कोष संकलन अभियान शुरु गरेको थियो। जुन अभियानमा हालसम्म १ लाख २४ हजार पाउण्ड हाराहारीमा रकम संकलन भइसकेको निवर्तमान अध्यक्ष भोजराज कंडेलले जानकारी दिए।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५