लन्डन म्याराथन दौड्न यूके आइपुगे सार्क स्वर्ण विजेता नेपाली धावक गोपी


लन्डन— आगामी आइतबार हुने विश्वप्रसिद्ध लन्डन म्याराथनमा भाग लिन धावक गोपीचन्द्र पार्की लन्डन आइपुगेका छन्।
नेपाल रन यूकेको निमण्त्रणामा यहाँ आएका उनलाई कोषाध्यक्ष रविन्द्र अधिकारी, विष्णु देवान लगायत पदाधिकारीले लण्डन हिथ्रो विमानस्थलमा स्वागत गरेका थिए ।
गोपीले १३ औं दक्षिण एसियाली खेलकूद प्रतियोगितामा ५००० मिटर दौडमा स्वर्ण पदक जितेका थिए भने गत नोभेम्बरमा सम्पन्न नेपालगन्ज म्याराथन २ घण्टा २१ मिनेट ३९ सेकेन्डमा समापन गरेका थिए ।
उनले तयारी राम्रो भएकाले उत्कृष्ट नतिजाका लागि प्रयास गर्ने बताएका छन् ।
नेपाल रन यूकेले नवौं धारा नेपालगञ्ज म्याराथन उपाधि जित्ने विजेतालाई उपहार स्वरुप लण्डन म्याराथन दौडने स्थान प्रायोजन गरेको हो ।
गोपी लन्डन रहँदाको व्यवस्थापन नेपाल रन यूकेले गर्ने क्लवका कोच सन्तोस राईले बताए।
नेपाल रनले प्रवासमा नेपाली समुदायका साथै नेपालमा दौड संस्कृतिको विकास र सम्भावना रहेका धावकहरूलाई बिश्वमा प्रतिस्पर्धा गर्न सहयोग गर्ने उद्देश्य अनुरूप गोपीलाई लण्डन म्याराथनको स्थान प्रदान गरिएको क्लवका सचिव जगन कार्कीले बताए ।
यसपाली नेपाल रन यूकेका ५६ धावकले लन्डन म्याराथन दौडिने भएका छन् । लन्डन म्याराथनमा दौडने क्लबका मेम्बरहरुले विभिन्न च्यारिटी फन्डरेज पनि गरिरहेका छन्। धावक मध्येका एक सूर्य गुरुङले मिरा राई इनिसिएटिभका लागि £२०८०१ संकलन गरेर अहिलेसम्म लन्डन म्याराथन दौडने नेपालीहरुको ‘फन्डरेज’ रेकर्ड ब्रेक गरेका छन् ।
क्लवका अध्यक्ष पाण्डव महतोले भविस्यमा अझ धेरै प्रतिस्पर्धीलाई सहभागी गराउन प्रयास गर्ने, नेपाली धावकहरुलाई तालिम र रन इभेन्टहरुलाई ‘इक्विपमेन्ट’ सहयोग गर्दै प्रमोट गर्ने उद्देश्य रहेको बताए ।
नेपाल रन क्लव इङ्ल्यान्ड एथलेटिक्समा दर्ता भएको नेपाली धावकहरुको क्लव हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५