लन्डनमा आउंदो शनिबार च्यारिटी डिनर गर्दै नेपाली चिकित्सकहरु



फाइल तस्विर
लन्डन । बेलायतस्थित नेपाली चिकित्सकहरुको संस्था नेपलिज डक्टर्स एसोसिएसन यूके (एनडीए यूके) ले मानव बेचविखन र यौन शोषणबाट मुक्त समुदायको सहयोगार्थ एक च्यारिटी गर्ने भएको छ ।
आउंदो शनिबार लन्डन वेम्ली नजिक क्ले ओभनमा विशिष्ठ व्यक्तित्वहरुका साथ च्यारिटी हुने भएको हो ।
उक्त कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, बेलायती सांसद तथा नेपाली समुदायसंग निकट वीरेन्द्र शर्मा, आधुनिक दासत्व र महिला बेचविखनसम्बन्धि संसदीय सल्लाहकार एवं ब्यारिस्टर परोशा चन्द्रन लगायतको सहभागिता हुने एसोसिएसनले जनाएको छ ।
एसोसिएसनले च्यारिटी डिनरमार्फत अपरचुनिटी भिलेज नेपालको सहयोगार्थ झण्डै तीस हजार पाउण्ड जुटाउने लक्ष्यसहित ‘जस्ट गिभिङ’ मा चन्दा संकलन पनि गरिरहेको छ । अहिलेसम्म ६४ दाताबाट झण्डै ८ हजार ७ सय पाउण्ड जुटिसकेको छ।
मानव बेचविखन र यौन शोषणबाट मुक्त समुदाय स्थापना गर्ने प्रमुख उद्देश्यका साथ सन् १९९८ मा स्थापना भएको हो अपरचुनिटी भिलेज नेपाल ।
उक्त संस्थाले हाल वाल हेरचाह गृह सञ्चालन गरिरहेको छ जसमा विशेष गरी यौन दुर्व्यवहार, बेचविखनबाट मुक्ति पाएका वा बेचविखनको उच्च जोखिममा परेका ३० जना बालिका संरक्षित छन् ।
संस्थाले डान्सबार, क्याबिन रेष्टुरेन्ट, मसाज पार्लर, साना होटल जस्ता क्षेत्रबाट हुने मानव बेचविखन रोक्न परियोजनाहरू सञ्चालन गर्दै आएको छ ।
च्यारिटीका लागि एसोसिएसनकी महासचिव डा. आरती थापा हमालको संयोजकत्वमा गठित आयोजक कमिटी क्रियाशील छ ।
एसोसिएसनका पूर्व अध्यक्ष डा. कमल अर्यालले च्यारिटीमा आएर वा ‘जस्ट गिभिङ’ मार्फत सहयोगका लागि अपिल गरेका छन् । उनले एसोसिएसनले विगतदेखि नै नेपालमा स्वास्थ्य सेवा सुधार गर्न कोष खडा गर्दै आएको बताए।
च्यारिटी डिनरमा जोस नेपलिज ब्याण्डको लाइभ संगीत, डिजे, राफल चिट्ठा, अक्सन आदि मनोरन्जनात्मक कार्यक्रम राखिएको छ ।
सहयोगका लागि यहां क्लिक गर्नुहोला
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५