टर्कीले इजरायलमाथि लगायो व्यापार प्रतिबन्ध



राष्ट्रपति रेसेप तैयम एर्दोगान । तस्बिर- एएफपी
इस्तानबुल, चैत २७ गते । गाजामा इजरायली युद्धको जवाफमा टर्कीले मङ्गलबारदेखि सिमेन्ट, स्टिल र फलामको निर्माण सामग्रीसहित धेरै उत्पादनमा इजरायलमाथि व्यापार प्रतिबन्ध लगाएको छ ।
“इजरायलले तत्काल युद्धविराम घोषणा नगरेसम्म र गाजामा मानवीय सहायताको पर्याप्त तथा निर्बाध प्रवाहको अनुमति नदिएसम्म यो निर्णय कायम रहने छ”, टर्कीको व्यापार मन्त्रालयले सामाजिक सञ्जालमा घोषणा गरेको छ ।
इजरायलले गाजालाई हवाई सहायता प्रदान गर्ने आफ्नो प्रयासलाई रोकेको एक दिनपछि टर्कीले नयाँ कदम चालेको हो ।
विदेशमन्त्री हकन फिदानले सोमबार इजरायलविरुद्ध प्रतिशोधको वाचा गर्दै प्रतिबन्धलाई ‘चरणबद्ध रूपमा’ र ‘बिना कुनै ढिलाइ’ लागू गरिने बताए ।
टर्की गाजामा इजरायलको युद्धको सबैभन्दा कठोर आलोचकहरूमध्येको एक हो । राष्ट्रपति रेसेप तैयम एर्दोगानले इजरायललाई ‘आतंकवादी राज्य’ को संज्ञा दिएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५