सोमबार, फागुन १२, २०८१
दक्षिण कोरियाद्वारा दोस्रो सैन्य जासुस उपग्रह प्रक्षेपण


रासस/सिन्ह्वा
अप्रिल ८, २०२४

तस्विर एपी
सियोल– दक्षिण कोरियाले दोस्रो सैन्य जासुस उपग्रह ‘स्पेसएक्स फाल्कन–९’ रकेट प्रक्षेपण गरेको कोरियाली रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ ।
स्वदेशी सैन्य जासुसी उपग्रहसहित ११ उपग्रह बोकेको ‘फाल्कन–९’ रकेट संयुक्त राज्य अमेरिकाको फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट सोमबार बिहान ८ः१६ मा उडेको थियो ।
प्रक्षेपण भएको ४५ मिनेटपछि उपग्रहलाई कक्षमा राखिएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ ।
दक्षिण कोरियाले सन् २०२५ सम्ममा पाँचवटा सैन्य जासुस उपग्रह प्रक्षेपण गर्ने योजना बनाएको छ र दोस्रो ‘सिन्थेटिक एपर्चर रडार’ सेन्सरसहित हुनेछ ।
यसअघि, ‘इलेक्ट्रो–अप्टिकल’ र ‘इन्फ्रारेड सेन्सरहरू’ जडान गरिएको पहिलो उपग्रह गत वर्ष डिसेम्बरमा प्रक्षेपण गरिएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५