बीसीसी यूकेले गर्यो लामा पुरनको विदाइ


लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले लामा पुरनलाई विदाइ गरेको छ । मंगलबार २ अप्रिलका दिन बीसीसी यूके अध्यक्ष हर्क बहादुर गुरुङ र आमा प्रमुख जगना गुरुङले खादा लगाई लामा पुरनको विदाइ गरेका हुन् ।
पोखरास्थित बौद्ध अर्घौं सदनमा कार्यरत लामा गुरुङ बीसीसी यूकेका निमन्त्रणमा गत अक्टोबरमा न्यूग्नी ब्रतका लागि बेलायत आएका थिए । लामा गुरुङले बीसीसी यूकेले अक्टोबरमा आयोजना गरेको न्यूग्नी ब्रत पूजा, गत नोभेम्बर देखि जनवरीसम्म वाचन गरिएको कंग्यूर तथा तेंग्यूर पाठसाथै बौद्ध परम्परामा आधारित विभिन्न पूजापाठ तथा कर्मकाण्डमा आवद्ध भएका थिए ।
उक्त विदाइमा बीसीसी यूकेका प्रमुख लामा खेन्पो कर्म छुल्त्रिम, खैबा कर्म, अध्यक्ष हर्क बहादुर गुरुङ, पूर्व अध्यक्ष नरेश गुरुङ, महासचिव मेजर हितमान गुरुङ, आमा प्रमुख जगना गुरुङ, आमा उपाध्यक्ष शारदा गुरुङ, आमा सहसचिव पवित्र गुरुङलगायत आमाहरुको उत्साहजनक उपस्थिति थियो ।
सो अवसरमा लामा गुरुङले बीसीसी अध्यक्ष गुरुङलगायत सिंगो कार्यसमिति, आमाहरु, भक्तजनहरु र शुभचिन्तकहरुमा आफूले पाएको माया, साथ र सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।
त्यस्तै, लामा गुरुङलाई विदाइ गर्न बीसीसी यूके प्रमुख लामा खेन्पो कर्म छुल्त्रिम, पूर्व अध्यक्ष नरेश गुरुङ, आमा उपाध्यक्ष शारदा गुरुङ, आमा सहसचिव पवित्र गुरुङलगायत भक्तजनहरु हिथ्रो विमानस्थलसम्म पुगेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५