सोमबार, फागुन १२, २०८१
गाजा युद्धमा मृत्यु हुनेको संख्या झण्डै ३३ हजार


रासस/एएफपी
अप्रिल १, २०२४

तस्विर रोयटर्स
गाजा । इजराइल र प्यालेस्टिनी लडाकुहरूबीचको युद्धका क्रममा यस क्षेत्रमा कम्तीमा ३२ हजार ८४५ व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार बताएको छ ।
उक्त सङ्ख्यामा विगत २४ घण्टामा मृत्यु भएका कम्तीमा ६३ जना पनि समावेश गरिएको मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । हमास लडाकुहरूले अक्टोबर ७ मा इजराइलमा आक्रमण गरेपछि सुरु भएको युद्धमा गाजा क्षेत्रका ७५ हजार ३९२ जना घाइते भएका छन् ।
इजराइली सेनाले गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफामा दुई हप्तादेखि जारी सुरक्षा कारबाही रोकेको केही घण्टापछि सोमबार मन्त्रालयले सो विज्ञप्ति जारी गरेको हो ।
‘इजराइली सेनाले गरेको कारबाहीमा विगत दुई हप्तामा अस्पताल र वरपर करिब ३०० जनाको मृत्यु भएको छ’, गाजाको नागरिक सुरक्षा निकायका प्रवक्ताले सोमबार बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५