बेलायतमा नेपाली नयां वर्ष मनाउन आइन् सुन्दरी गायिका भूमिका


लन्डन । नेपालकी लोकप्रिय लोकदोहोरी गायिका भूमिका गिरी यतिबेला बेलायतमा छिन् । नेपाली नयां वर्षका अवसरमा बेलायतमा तय भएका विभिन्न कार्यक्रममा प्रस्तुति दिन उनी गत साता लन्डन आएकी हुन् ।
भूमिकाले रोयल बरो अफ ग्रीनवीच नेपाली सोसाइटी (आरजीएनएस) ले अप्रिल ७ तारिख एसियन कम्युनिटी हल प्लमस्टिडमा आयोजना गरेको नयां वर्ष शुभकामना सांझमा ‘परफर्मेन्स’ दिने कार्यक्रम छ ।
त्यसैगरि, अप्रिल १३ तारिख बेजिङस्टोक नेपलिज कम्युनिटीले गर्ने समर पार्टी तथा नयां वर्ष २०८१ को शुभकामना कार्यक्रममा समेत उनको प्रस्तुति रहने छ।
भूमिकाले मिडल्याण्डको उल्भरहयाम्टनस्थित हाम्रो नेपाली समाजको आयोजनामा अप्रिल १५ तारिख सोमबार हुने नयां वर्ष कार्यक्रममा पनि गाउने तय भएको छ ।
त्यस्तै, उनले ८ अप्रिलमा नेपाल स्कटल्याण्ड एशोसिएसनको कार्यक्रममा एडिनबरामा, १० अप्रिलमा कार्लाएल नेप्लिज कम्युनिटी वेल्सको कार्यक्रममा र १२ अप्रिलमा कोभेन्ट्री नेपाली समाजको नयाँ वर्ष कार्यक्रममा पनि प्रस्तुति गर्नेछिन्।
नेपाल र विदेशमा अत्यधिक ‘डिमाण्ड’ भएकी गायिका भूमिकालाई स्टेज क्वीनका रुपमा पनि चिनिन्छ । उनले स्वर दिएका चोली मैलै भो, देउरालीमा पर्खी बसे, तारासंगै जुन, उजेली जुनेलीलगायत दर्जनौं गीत चर्चित छन्।
भूमिकाले बेलायतवासी सबै नेपालीलाई आफ्नो पायक पर्ने स्थानको नयाँ वर्ष कार्यक्रममा सहभागी हुन आग्रह गरेकी छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५