नेपाली डायस्पोरालाई एकताको सूत्रमा बांध्न एनडीएमआइले पहल गर्ने


लण्डन- गैरआवासीय नेपाली संघको गैरआवासीय नेपाली कल्याण विभाग अन्तर्गत नेपाली डायस्पोरा एकता समिति (एनडीएमआइ) को पहिलो आधिकारिक बैठक जुममार्फत बुधवार सम्पन्न भएको छ।
बैठकको अध्यक्षता समितिकी प्रमुख बाबा राजेश्वरी थापाले गरेकी थिइन् भने बैठक संचालन सदस्य सचिव अञ्जना बस्नेतले गरेकी थिइन्।
बैठकमा एनआरएनए उपाध्यक्ष तथा कल्याणकारी विभाग प्रमुख रामशरण सिम्खडाले गैरआवासीय नेपाली संघले नेपाली डायस्पोरालाई के कसरी एकवद्ध गर्न सकिन्छ र यस समितिलाई चुस्त र दुरुस्त रुपमा गतिविधि अगाडि बढाउन सकिन्छ भन्नेबारे सुझाए।
समिति प्रमुख बाबा राजेश्वरी थापाले समितिको उद्धेश्य र आगामी कार्ययोजनाबारे प्रष्ट पारिन् । समितिका सल्लाहकारहरुको तर्फबाट अस्ट्रेलियाका शैलेश राज भण्डारीले नेपाली डायस्पोरालाई विदेशमा सहज वातावरण बनाउन समितको सहयोग हुने र नेपालमा पनि विदेश जानबाट नेपालीहरुलाई रोक्न रोजगारी सिर्जना गर्न समितिले काम गर्नु पर्नेमा जोड दिए।
विभिन्न देशका एनआरएनए अभियन्ता र उल्लेख्य युवा सदस्यहरु रहेको यस समितिका सल्लाहकारहरुको तर्फबाट अस्ट्रेलियाका शैलेश राज भण्डारीले प्रतिनिधित्व गरेका थिए भने समितिका सदस्यहरु अनुजा गौतम, तीर्थराज धमला, इन्दिरा कटुवाल, दिनेश बैदवार, भुवन झा, सत्य झा, राज कुमार अधिकारी, मनिष खत्री, रमेश जोशी र पदम खांदको उपस्थिति थियो।
बैठकले नेपाली डायस्पोराको चुनौतिहरु पहिचान गरी ठुलो संख्यामा नेपाली डायस्पोरा रहेका ५ वटा देश छनौट गरेर ति देशका राष्ट्रिय समन्वय परिषदहरुसंग सहकार्य गर्ने निर्णय गरेको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५