मंगलबार, फागुन १३, २०८१
17:25 | २३:१०

बेलायतको हाउस अफ लर्ड्समा गुन्जियो नेपाली छन्द कविता

नेपाली लिङ्क मार्च २७, २०२४

लण्डन- बेलायतको उपल्लो सदन हाउस अफ लर्ड्समा पानी दिवस एवं विश्व कविता दिवसको अवसर पारेर एक बहुभाषी कविगोष्ठी सम्पन्न भएको छ। 

लिवरल डेमोक्र्याटसका पूर्व उपाध्यक्ष एवं हाउस अफ लर्ड्सका सांसद लर्ड नभनित ढोलाकियाको अध्यक्षतामा आयोजित उक्त कवि गोष्ठीमा विभिन्न देशका २४ विभिन्न भाषाभाषीले आ-आफ्ना मातृभाषामा कविता वाचन गरे ।

कविहरूले कविताको अंग्रेजी अनुवाद पनि सुनाएका थिए। कविता वाचनका लागि वेलायतमा बसोबास गर्ने विभिन्न भाषाका कविहरूलाई विशेषरुपमा निमन्त्रणा गरिएको थियो।

कार्यक्रम उपसंयोजक संस्कृति सेन्टरका अध्यक्ष रागसुधाले तमिल भाषाको कविता वाचन सहित सबै कविहरूलाई आभार प्रकट गरेकी थिइन् । 

कार्यक्रमका संयोजक लर्ड नभनित ढोलाकियाले यस्ता कविता गोष्ठीले जल सुरक्षा र स्वच्छ जलको उपलब्धताबारे जनजागरण ल्याउने र आफ्नो मातृभाषा प्रति सबैको स्नेह विकास हुने कुरा बताए।

उनले आफू जन्मेको अफ्रिकाको किलिमन्जारो हिमाल नदीका स्रोतहरू सुकेर खण्डहर बनेको र जतासुकै जनावरका कंकाल देखेको उदाहरण दिदै यस्तो कविहरूको गोष्ठीले पानीको स्रोत जोगाउन जन चेतना ल्याउने बताएका थिए। 


बेलायतमा बसेर साहित्य साधना गरिरहेका नेपाली कवि दुर्गाप्रसाद पोख्रेल उक्त कार्यक्रममा आमन्त्रित थिए। उनले शास्त्रीय छन्दमा पानी शीर्षकको कविता सुनाएका थिए।

पानी जीवन भएकाले जीवन शुद्ध र पवित्र हुन पानी पनि शुद्ध हुनुपर्छ भन्ने भावको कविता श्रोताहरूले निक्कै चाख लिएर सुनेका थिए। हाउस अफ लर्ड्समा नेपाली छन्द कविता गुन्जिदा आत्म गौरवको अनुभूति भएको पोख्रेलले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू