कन्सर्ट हमलामा मारिनेको संख्या कम्तीमा १३७, शोकमा रुस



तस्बिर गेट्टी इमेजेज्
मस्को । मस्कोको एक खचाखच कन्सर्ट स्थलमा शुक्रबार साँझ भएको आक्रमणमा कम्तीमा १३७ व्यक्तिको मृत्यु भएपछि रुस शोकमा डुबेको छ ।
रुसभर झण्डा आधा झुकाइएको छ भने धेरै कार्यक्रम रद्द गरिएका छन् । टिभी च्यानलहरूले आफ्नो कार्यक्रम तालिका परिवर्तन गरेका छन्।
बन्दुकधारीहरू क्रोकस सिटी हलमा प्रवेश गरि आगजनी गर्नुअघि अन्धाधुन्ध गोली चलाउँदा १४० जनाभन्दा बढी घाइते भएका थिए । इस्लामिक स्टेट (आइएस) समूहले आक्रमण पछाडि आफ्नो हात रहेको बताएको छ ।
रूसमा लगभग दुई दशक अवधिमा यो सबैभन्दा घातक र बर्बर आतंकवादी हमला भएको अधिकारीहरुले बताएका छन् ।
भेट्रान ब्यान्ड ‘पिकनिक’ ले शुक्रबार राती गरेको रक कन्सर्ट हेर्न त्यहाँ ६,२०० बढी दर्शक भेला भएका थिए।
बीबीसीका अनुसार, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमण गर्ने चारैजना बन्दुकधारीलाई पक्राउ गरिएको बताएका छन् । राष्ट्रपति पुटिनले शनिबार आफ्नो टेलिभिजन सम्बोधनमा नरसंहारको निन्दा गरेका थिए ।
आइतबार रुसको अनुसन्धान समितिले बन्दीहरूलाई भ्यानबाट भवनमा लगिएको, हातकडी लगाएर र आँखामा पट्टी बाँधिएको देखाएको थियो।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५