बेलायतकी राजकुमारी पनि क्यान्सरको उपचार गराउंदै



तस्बिर- गेट्टी इमेजेज्
लन्डन । बेलायतकी राजकुमारी क्याथरिनले आफू क्यान्सरको उपचार गराइरहेको खुलासा गरेकी छन् । शुक्रबार एक भिडियो सन्देशमा उनले परीक्षणमा क्यान्सर पत्ता लागेपछि हाल उपचारको प्रारम्भिक चरणमा रहेको बताएकी छन्।
बीबीसीले पोष्ट गरेको भिडियोमा क्याथरिनले भनेकी छन् ‘कठिन दुई महिनापछि अविश्वसनीय रूपमा यो समाचार ‘ठूलो झटका’ थियो ।’
तर, उनले आफू ठीक रहेको र हरेक दिन बलियो हुँदै गएको सकारात्मक सन्देश पनि दिएकी छन् ।
प्रिन्सेस अफ वेल्सलाई कस्तो क्यान्सर हो भन्ने विवरणहरू खुलाइएको छैन् तर केन्सिङ्टन प्यालेसले राजकुमारी पूर्ण रूपमा निको हुनेमा विश्वस्त रहेको बताएको छ।
४२ वर्षीया राजकुमारीले गत जनवरीमा पेटको शल्यक्रिया गर्दा क्यान्सर भएको थाहा नभएको बताएकी छन् ।
‘यद्यपि शल्यक्रियापछिको परीक्षणमा क्यान्सर भएको पाइयो। त्यसैले मेरो चिकित्सकीय टोलीले मलाई निरोधात्मक केमोथेरापीको कोर्स गराउनुपर्ने सल्लाह दियो र म अहिले त्यो उपचारको प्रारम्भिक चरणमा छु’, राजकुमारीले भनिन्।
फेब्रुअरी अन्त्यमा उनको केमोथेरापी उपचार सुरु भएको बताइएको छ ।
‘मेरो साथमा विलियम हुनु भनेको सान्त्वना र आश्वासनको ठूलो स्रोत हो’, उनले शुभचिन्तकहरूलाई पनि धन्यवाद दिँदै भनेकी छन्।
आफैं क्यान्सरको उपचार गराइरहेका राजा चार्ल्सले आफ्नी ‘प्रिय’ बुहारीको साहस गर्व गर्न लायक भएको बताएका छन्। उता, बेलायती प्रधानमन्त्री ऋषि सुनकले केटले ‘अथाह बहादुरी’ देखाएको र उनलाई पूरै देशको माया र समर्थन रहेको उल्लेख गरेका छन्।
बेलायती राजा चार्ल्सले पनि गत महिनादेखि क्यान्सरको उपचार गराइरहेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५