नेपालका राष्ट्रिय कलाकार बोलाएर जीआरएनसीको नयां वर्ष धमाका हुंदै
लन्डन । ग्रेटर रसमोर नेप्लिज कम्युनिटी (जीआरएनसी) ले नेपाली नयाँ वर्ष २०८१ धुमधामसंग मनाउने तयारी गरेको छ ।
आउंदो १२ अप्रिल शुक्रबार साँझ एम्पायर हलमा तय नयाँ वर्ष कार्यक्रमका लागि नेपालबाट ख्यातिप्राप्त कलाकारहरुलाई निमण्त्रणा गरिएको छ भने बेलायतका गन्यमान्य विशिष्ट व्यक्तित्वहरुसहित सयौं नेपाली पनि सहभागी हुने अध्यक्ष मन गुरुङले जनाए ।
छोटो औपचारिक कार्यक्रमपछि बालबालिकाबाट नेपाली राष्ट्रिय गान, नेपाली मौलिक गीतमा नृत्य, नेपालका विभिन्न अतिथि कलाकारहरुबाट पनि नाचगान हुने आयोजकले बताएका छन् । सो अवसरमा खाना पारखीहरुले स्वादिष्ट खाना पाउने छन् ।
कार्यक्रम संयोजक उपाध्यक्ष डा विशाल गुरुङले यसपालिको नयांवर्ष कार्यक्रम विशेष बनाउन आफूहरु लागिरहेको बताए । सो अवसरमा चिनारी म्यागेजिनको दोस्रो संस्करण पनि सार्वजनिक गरिने संयोजक गुरुङ ले जनाए। यसका संयोजन विशालले नै गरिरहेका छन् ।
कार्यक्रमको प्रवेश शुल्क सर्वसुलभ हुने जनाउंदै अध्यक्ष मन गुरुङले सहभागिताका लागि सबै नेपालीमा अपिल गरेका छन् । वृद्धवृद्धा र युवाका लागि केही कम र १२ वर्ष मुनीका लागि प्रवेश निशुल्क गरिने उनले बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५