एनसीआई ग्रुप यूकेले शेयरधनीलाई लाभांश बांड्ने, लगानी र अनुशासन विभाग गठन


लन्डन- नेप्लिज् कोअपरेटिभ इन्भेस्टमेन्ट (एनसीआई) ग्रुप यूकेले आफ्ना शेयरधनीहरुलाई लाभांश बांड्ने भएको छ।
मंगलबार सम्पन्न ग्रुपको ‘बोर्ड अफ डाइरेक्टर’ बैठकले गतसाता सन्पन्न अधिवेशनको म्यान्डेटअनुसार वार्षिक लाभांश बाँड्ने निर्णय गरेको हो ।
विगतमा समेत हरेक वर्ष लाभांश बाँड्दै आएको संस्थाले यस वर्ष पनि सोही ट्रेन्डलाई निरन्तर राख्दै लाभांश वितरण गर्न लागेको अध्यक्ष मोहन गुरुङले नेपालीलिंकलाई जानकारी दिए ।
बैठकले संस्थामा जिम्मेवारी बाँडफांड गर्दै विभाग तथा समिति गठन पनि गर्ने निर्णय गरेको छ । जसअनुसार ‘इन्भेस्टभेन्ट’ विभागको नेतृत्व सुरोज मास्केलाई दिइएको छ । उक्त विभागमा रञ्जिता सिंह मल्ल र ह्यारी गुरुङ सदस्य छन्।
त्यस्तै, एनसीआई यूकेले सुमलकुमार गुरुङको नेतृत्वमा अनुशासन समिति पनि गठन गरेको छ । जसमा संगीता मरहठ्टा र माधवलाल श्रेष्ठ सदस्य छन् ।
सो अवसरमा अध्यक्ष गुरुङले एनसीआई यूकेको समेत लगानी रहेको ‘सोलार फार्म नेपाल’ ले यसअघि उत्पादन गरेको पाँच मेगावाट क्षमताको सौर्य उर्जामा थप पच्चीस प्रतिशत उत्पादन बिस्तार गर्न लागिएको जानकारी गराएका थिए।
यसअघि एनसीआई यूकेको गतसाता सम्पन्न अधिवेशनले आगामी तीन वर्षे कार्यकालको नेतृत्व पनि संस्थापक अध्यक्ष मोहन गुरुङलाई नै सुम्पिएको छ ।
त्यसैगरी, ‘बोर्ड अफ डाइरेक्टर’ मा डा मुकुन्द बाँस्तोला सचिव, एलएन पाण्डे कोषाध्यक्ष तथा टिकाराम सापकोटा, सुशिल प्रजापति, तिलक भट्टराई र सिर्जना गौतम सदस्य चुनिएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५