सोमबार, माघ २१, २०८१
13:04 | १८:४९

मजदुरीका कमाइबाट बलात्कारी र हत्याराहरुलाई कहिलेसम्म पालिरहने ?

रामहरी बाजे मार्च १३, २०२४

संसारले जेसुकै भनोस् जेसुकै गरोस् हाम्रो देशमा के के गर्नुपर्छ हामीले नै आफैले निर्णय गर्ने कानून हामीले नै बनाएर देश चलाउन जरुरी छ । अमेरिकाको गोडामुनी बसेर पूर्ण स्वावलम्बी बन्न सफल रहेको क्यूवाले कहिल्यै पनि कसैलाई सोधेर कुनै नयाँ काम गर्दैन ।

हामीले पनि किन नगर्ने ? चुरो कुरो हामी स्वतन्त्र भएर पनि किन दास छौं ? यहाँ बढेको अपराधीको भिडले देश डुब्दैछ । अब नयाँ कानून बनाएरै बलात्कारी ज्यानमारालाई मृत्युदण्ड दिने र बाँकी कैदीहरुको फौजलाई श्रम सिविरमा राखेर विकास र निर्माण कार्यमा लगाएर उसको उमेर समूह, योग्यता समूह, शारिरिक दक्षता, बौदिक दक्षता, समेतको क्लास छुट्याएर अलग्गै श्रम सिविरमा राखेर उनकै श्रमको कमाइले उनलाईनै दैनिक रासन भत्ता दिएर उनको कैद कट्टा गर्ने गरी ऐन बनाएरै १० वर्षसम्ममा यो देशलाई संकटकालिन ऐननै बनाएर आधुनिक नेपालको पुनर्स्थापना गरौं । 

माथिका गन्थनहरु यो दाइजोमा पाएको र लादेको जडाउरी संविधानले हजम गर्ने आँट गर्नेछैन । त्यसैले दुईपल्ट चुनाव गर्दा पनि जनताले ७५ रै जिल्लाबाट दिएका जनमतका सुझावका पोकाहरु खोलेर हेर्नुको सट्टामा १२ बुदेको इसारामा लेखिएका (सर्टनोट) नेपाली नेताहरुको घाँटीमा लागेको पासोले गर्दा ७५ रै जिल्लाबाट ल्याएको पोकाहरु खोल्नै दिएन । त्यसैले जनघाती संविधान बन्यो । यो कु-सत्यलाई विर्सन हुदैन ।

अब जमाना र दक्षिण छिमेकीको राजनीति समेतमा ठूलो परिवर्तन समेत भैसकेकोले आज १२ बुँदे पासोले हाम्रा घाँटी कस्न सक्ने छैन । हरेक गाउँमा बच्चा र बुढाबुढी मात्र छन् । अल्छी र बुद्धिहीन युवाहरु नेता नेताका झोले विचौलिया बनेका छन् ।

नैतिकता, मानवता र कर्मठका पूजारीहरु जति सबैलाई तिनै धुर्त झोलेहरुले म्यानपावरको नामधारीको रुप लिएर त्यही बाउबाजेको थलो समेत भूमाफियाका हातमा सुम्पेर विदेशमा मजदुरीमा पठाउन समेत सफल भएर गाउँका लखेरो पखेरो सबै हजारमा किनेर तिनै माफियाले सहरका ठूला बैंकहरुमा धितो राखेर अर्बो निकालेर तस्करी गरी १५-२० जना तस्करहरुले देशै भरिका जनतालाई यहि माफिया जालमा पारेको ब्वाँसावृत्तिले आफूलाई जनवादी भन्ने नेताहरुलाई समेत भित्रभित्रै पार्टनर बनाएर मिटर ब्याजी बनाएर खाली खुट्टा हिडेरै प्रधानमन्त्रीसंग न्याय माग्न आउनु परेको छ ।

अन्त्यमा सबै अपराधीलाई थुनेर पाल्ने ठाउँ छैन । अब श्रम सिविरमै राखेर विकासे पालरुमा राखेर निर्माणमा मजदुरी गराउनु पर्छ । देश बनाउनु छ आफ्नो घर बनाउन छिमेकीसंग मिलेरै गरे पनि डिजाइन हाम्रै हुनुपर्छ । सबैलाई चेतना भया ।

रामहरी बाजे

विदुर-४, नुवाकोट

९८४९८५३१११

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू