लन्डन पशुपतिनाथमा महाशिवरात्रीको रौनक (तस्विर/ भिडियो)
लन्डन- महाशिवरात्री पर्व शुक्रबार बेलायतवासी नेपालीहरुले पनि भगवान शिवको पूजा आराधना गरी मनाएका छन्।
बेलायतमा नेपाली समुदायकै पहलमा स्थापित लन्डन प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिर, अल्डरटस्थित शिव कल्चरल सेन्टरलगायतमा सयौँ भक्तजनको घुइँचो लागेको छ।
लन्डन पशुपतिनाथ मन्दिरमा शिवरात्रीको अवसरमा दिनभर विविध कार्यक्रम सञ्चालन भइरहेका छन्।
मन्दिरका पण्डित ज्योतिषी निलहरि घिमिरेका अनुसार बिहान ७ देखि बेलुका ८ बजेसम्म खुला मन्दिरमा भगवान शिवको पूजा आराधानासंगै आरती र भजनकिर्तन पनि चलिरहेको छ।
भक्तजनहरु लाइनमा बसेर मन्दिर प्रांगडमा शिवलिंगमा दुध चढाएर आफ्नो भक्तिभाव प्रकट गरेका छन्।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोपाल अर्यालले मध्यान्हसम्म करिब ५ सय भक्तजनले मन्दिर दर्शन गरेको बताए। बेलुकासम्म एक हजार भक्तजनको सहभागिता अपेक्षा गरिएको जनाउँदै अध्यक्ष अर्यालले मन्दिरका तर्फबाट सबैलाई चिया-प्रसाद् व्यवस्था गरिएको जानकारी दिए।
हेरौं भिडियो:
उता, अल्डरसटको शिव कल्चरल सेन्टरमा पनि बिहानैदेखि मन्दिर दर्शन गर्ने र भगवान शिवको पूजा आराधाना गर्ने भक्तजनहरुको घुइँचो लागेको छ।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य दम्पति, बेलायत भ्रमणमा आएकी भरतपुर मेयर रेनु दाहाल लगायतले पनि मन्दिर दर्शन गरेर शिवरात्री पूजा गरेका छन्।
सेन्टरका अध्यक्ष विक्रम भट्टराईले शिवरात्रीको अवसरमा पूजा आराधना, भजनकिर्तनका लागि मन्दिर दिनभर खुला राखिएको बताए। सयौँ भक्तजनले मन्दिर दर्शन गरी पूजाआजा गरिसकेको उनले जानकारी दिए।
हेरौं थप तस्विरहरु:
पशुपतिनाथ मन्दिर प्लमस्टिड:
शिव कल्चरल सेन्टर अल्डरसट: