बुधबार, फागुन १४, २०८१
23:08 | ०४:५३

भरतपुर मेयर रेणु दाहाल लन्डनमा

नेपाली लिङ्क मार्च ५, २०२४

लन्डन-चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल बेलायत आइपुगेकी छन् ।

प्रधानमन्त्री प्रचण्डपुत्री मेयर दाहाल ‘अन्तराष्ट्रिय मेयर अवार्ड’ ग्रहण गर्न मंगलबार बिहान लन्डन उत्रिएकी हुन्।

लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ, नेकपा माओवादी केन्द्रीय सदस्य एवम् गेसो अध्यक्ष कृष्णकुमार राई, जनप्रगतिशिल मञ्च यूके अध्यक्ष विमला लिम्बू, काउन्सिलर एवम् पर्यटन बोर्डका प्रवर्द्धक धन सार्की, माओवादीनिकट आदिवासी जनजाती महासंघ केन्द्रीय सदस्य एवम् किराया बेलायत अध्यक्ष मेजर योगेश राईलगायत हिथ्रो विमानस्थल पुगेर दाहाललाई बेलायतमा स्वागत गरेका थिए।

श्रीमानका साथ एक साता लामो भ्रमणमा लन्डन आइपुगेकी उनलाई स्वागत गर्न स्वीजरल्याण्डबाट आएका उनका छोरी ज्वाईं पनि विमानस्थल पुगेका थिए।

मेयर दाहालले पाउन लागेको ‘अन्तराष्ट्रिय मेयर अवार्ड’ वितरण समारोह बिहीबार साँझ बेलायती संसद भवनमा हुंदैछ।

त्यसअघि बेलायत उत्रिएकै दिन आज मंगलबार बेलुका एनआरएनए यूकेले अल्डरसटमा गर्न लागेको नारी दिवस कार्यक्रममा उनी सहभागी हुंदैछन् ।

त्यस्तै, बुधबार बेलुका दाहालको सम्मानमा लन्डनस्थित नेपाली दूतावासमा राजदूत ज्ञानचन्द्र आचार्यले एक ‘रिसेप्सन’ आयोजना गर्दैछन्।

शुक्रबार साँझ भने दाहालले लण्डनको रोयल ग्रीनवीच बरोमा अवलोकन एवम् अन्तरक्रिया गर्ने कार्यक्रम छ। त्यस्तै, आइतबार नेकपा माओवादीनिकट जनप्रगतिशिल मञ्च यूकेसंग अन्तरक्रिया गर्नेछिन्।

तस्विर: शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू