सोमबार, फागुन १२, २०८१
इराकमा पनि अन्तर्राष्ट्रिय धादिङ समाजको शाखा


नेपाली लिङ्क
फ्रेब्रवरी २२, २०२४
लन्डन । अन्तर्राष्ट्रिय धादिङ समाजले इराकमा आफ्नो शाखा विस्तार गरेको छ ।
विभिन्न देशमा शाखा विस्तार गर्ने क्रममा इराकमा आफ्नो कर्मथलो बनाउँदै आएका समाजसेवी तथा सामाजिक अभियन्ता श्याम माम्बा तामाङको नेतृत्वमा धादिङ समाज इराक गठन भएको हो।
‘जहाँ धादिङेली त्यहाँ धादिङ’ भन्ने मूल नारा लिएर संस्थाले धादिङ समाज राष्ट्रिय समन्वय परिषद विस्तार गर्दै आएको छ।
स्थायी घर नेत्रवाती डब्जोङ गाउँपालिका भएका तामाङ नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको प्रमुख सल्लाहकार पनि हुन् ।
अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले संयोजक तामाङलाई बधाई दिएका छन् ।
संसारभरि छरिएर रहेका धादिङेहरुलाई एकै ठाउँमा ल्याएर साझा चौतारीको रुपमा स्थापित गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय धादिङ समाज गठन र विस्तार गर्ने लक्ष्य लिइएको अध्यक्ष खकुरालले बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५