शनिबार, चैत ८, २०८१
हिन्दू राष्ट्रका पक्षमा कांग्रेसमा १ हजार ६३ महासमिति सदस्यको हस्ताक्षर


नेपाली लिङ्क
फ्रेब्रवरी २२, २०२४
काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसका एक हजार बढी महासमिति सदस्य हिन्दू राष्ट्रको पक्षमा उभिएका छन्।
कुल १ हजार ६३ महासमिति सदस्यले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर गरेका छन्। ३९ केन्द्रीय सदस्यसहित १ हजार ६३ जनाको हस्ताक्षर विहीबार पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको छ ।
नेपाललाई हिन्दूराष्ट्र बनाउने प्रस्ताव पारित गर्न भन्दै केन्द्रीय सदस्य शंकर भण्डारीले बहुमत महासमिति सदस्यको हस्ताक्षर बुझाएका हुन्।
ललितपुरमा जारी महासमिति बैठकको बन्दसत्रमा भण्डारीले हस्ताक्षर पार्टी सभापति देउवालाई हस्तान्तरण गरे जसमा पूर्वमहामन्त्री डा शशांक कोइरालालगायत सदस्यको हस्ताक्षर छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५