सोमबार, माघ २१, २०८१
15:48
|
२१:३३
बलात्कार मुद्धामा दोषी ठहर गर्ने फैसलाविरुद्ध सन्दीप गए पुनरावेदन
नेपाली लिङ्क
फ्रेब्रवरी २२, २०२४
काठमाडौं- बलात्कार मुद्धामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध पुनरावेदन अदालत गएका छन्।
लामिछानेले विहीबार जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन्। उनले जिल्ला अदालतको फैसला बदरको माग गर्दै पुनरावेदन दिएका हुन्।
निवेदन दर्तापछि सन्दीपलाई चैत १२ गते पहिलो तारेखका लागि बोलाइएको छ।
यसैबीच, लामिछानेले पुनरावेदन दिएसँगै उनी तत्काल जेल जानु नपर्ने भएको छ । कानूनी व्यवस्था अनुसार उच्च अदालत पाटनबाट उनले जेल बाहिर बसेर मुद्दा लड्न लिखित अनुमति पाएका छन्।
यसअघि बलात्कारको मुद्दामा सन्दीपलाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर्याउँदै ८ वर्षको जेल सजाय सुनाएको थियो।
यो पनि पढौं: सन्दीपलाई जेलबाहिर बसेर मुद्दा लड्न उच्च अदालतले दियो अनुमति
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ