शनिबार, पुष १३, २०८१
17:43 | २३:२८

बाग्लुङ पञ्चकोट महायज्ञमा एनआरएनएबाट ११ लाख दान

नेपाली लिङ्क फ्रेब्रवरी २१, २०२४

लन्डन- बाग्लुङ पञ्चकोटमा सञ्चालित महायज्ञमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का तर्फबाट ११ लाख ११ हजार १ सय ११ रुपैयाँ दान गरिएको छ।

बुधबार शुरु भएर १३ दिनसम्म चल्ने ‘अनन्तश्री ब्रम्हाण्डीय महायज्ञ’ को पहिलो दिनमै पञ्चकोट पुगेका एनआरएनए पदाधिकारी एवम् अभियन्ताहरुले उक्त रकम हस्तान्तरण गरेका हुन्।  

सो अवसरमा एनआरएनए उपमहासचिव सोम सापकोटा, युरोप उपसंयोजक महेश अधिकारी, पूर्व आइसीसी सदस्य कोशलेश्वर ढकाल, एनआरएनए यूके उपाध्यक्ष लिलाराम न्यूरे, एनआरएनए यूके सल्लाहकार नारायण फुंयाल, नटिङहम नेपाली समाजका इश्वर कंडेललगायत महायज्ञमा सहभागी भएका थिए।

बाग्लुङ पञ्चकोटको समग्र विकास र प्रवर्द्धनमा लक्षित महायज्ञमा एनआरएनएले पहिलो चरणमा दाताहरुबाट संकलन गरेको रकम सहयोग गरिएको उपमहासचिव सापकोटाले जानकारी दिए।

महायज्ञ अवधिभर हरेक दिन फरक-फरक विषयमा सम्मेलनहरु पनि आयोजना गरिने आयोजकले जनाएका छन्।  

महायज्ञ उद्घाटनका दिन ‘जल, वातावरण संरक्षण र उर्जा विकास’ विषयक सम्मेलनमा आयोजकका तर्फबाट कार्यपत्र प्रस्तुत गरिएको थियो। उक्त कार्यपत्रमाथि एनआरएनए उपमहासचिव सोम सापकोटा र नेपाल पत्रकार महासंघका प्रतिनिधिले टिप्पणी प्रस्तुत गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू