६ महिनाअघि अमेरिका पुगेकी २७ वर्षीया नेपाली नर्सको निधन


न्यूयोर्क- झण्डै ६ महिनाअघि अमेरिका आएकी २७ वर्षीया नेपाली नर्स इनु योल्मोको न्यूयोर्कमा निधन भएको छ।
उनको मंगलबार बिहान ३ बजेर ३५ मिनेटमा न्यूयोर्कको म्यानहटनस्थित माउन्ट साइनाई अस्पतालमा निधन भएको अस्पताल श्रोतलाई उदृत गर्दै एनआरएनए न्यूयोर्क च्याप्टर अध्यक्ष हेमन्त मल्लले जानकारी दिए।
इलाम नाम्सालिङकी इनु योल्मो क्यान्सरले सिकिस्त भएपछि माउन्ट साइनाई अस्पतालमा आइसीयूमा राखिएको थियो। उनी गत फागुनदेखि बिरामी भएको उनकी साथी मनिषा बुढाले जानकारी दिइन्। उनी जुलाई दोश्रो साता अमेरिका आएकी थिइन्।
रोजगारमा आधारित तेश्रो श्रेणीको ग्रीनकार्डमा अमेरिका आइसकेपछि उनी न्यूयोर्कमा नर्सको रुपमा कार्यरत रहंदै आएकी थिइन्। गत नोभेम्बरमा पेट दुखेर अस्पतालमा चेकजाँचका लागि पुगेकी उनलाई आन्द्राको क्यान्सर भएको पत्ता लागेको थियो।
क्यान्सर शरीरको अन्य भागमा पनि फैलिसकेका कारण उनलाई बचाउने डाक्टरको प्रयास सफल हुन सकेन।
अविवाहित योल्मोको अमेरिकामा कुनै पनि आफन्त नभएकाले नेपालबाट बुबाआमा र भाईलाई बोलाउन खोजिएको थियो । तर प्रक्रिया नपुगेको भन्दै काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेपछि परिवारका सदस्यहरु पनि अमेरिका आउन पाएनन्। जसले गर्दा अन्तिम क्षणमा परिवारका सदस्यलाई भेट्ने उनको धोको पनि अधुरो भएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५