बेलायतमा नेपाली बालबालिकाले गरे सरस्वती पूजा


लन्डन । ग्रेटर रेडिङ नेपाली समाजले वसन्त पञ्चमीको अवसर पारेर पाकिस्तानी कम्युनिटी सेन्टरमा सरस्वती पूजा गरेको छ । रेडिङ आसपास बस्ने एक सय बढीको सहभागिता रहेको उक्त कार्यक्रममा बालबालिकाको पनि उल्लेख्य उपस्थिति थियो ।
११ र १२ वर्षका रिया पण्डित र अमोग भट्टराईले सचालन गरेको कार्यक्रममा ५ र ६ वर्षका निसिका तिवारी र अर्नभ कायस्थले सरस्वतीको मन्त्रोचारण गरेका थिए ।
बेलायतमै जन्मिएर हुर्केका बालबालिकालाई नेपाली संस्कार र संस्कृतिको पहिचान गराउने उद्देश्यले नयनतारा प्रधानले विद्याकी देवी सरस्वतीको पूजा पाठ, वन्दना र अर्चना, अक्षराम्भ, चित्रकला प्रतियोगितालगायत सरस्वती माताको गीतमा नाचगान प्रशिक्षण गराएकी थिइन् ।
त्यस्तै बालबालिकाहरु आर्याना, निष्ठा, प्रिन्सु, प्रिशा, रिया र शुभाले नृत्य प्रस्तुत गरे । उनीहरुलाई समाजकी सदस्य दुर्गा ढकालले वाचन गर्न सिकाएकी थिइन् ।
उपाध्यक्ष कल्पना पण्डितले संस्कृतमा लेखिएको सरस्वती पाठ सिकाउंदै बालबालिकालाई प्रोत्साहन गर्न विशेष भूमिका निर्वाह गरेकी थिइन् । यसैगरि बैधी गोगटेले वसन्त पञ्चमीको महिमाबारे प्रकाश पारेका थिए । स-साना बालबालिकाले हनुमान चालिसा पाठ गरेर कार्यक्रम थप रमाइलो बनाए । ११ वर्षीया बालिका प्रत्युषा त्रिपाठीले अंग्रेजी भाषामा सरस्वती देवी र सरस्वती पूजाको महत्वबारे जानकारी दिएकी थिइन् ।
सो अवसरमा ग्रेटर रेडिङ नेपाली समाजद्वारा संचालित नेपाली कक्षाका विद्यार्थीहरुले नेपाली भाषामा आफ्नो लेख, रचना पनि प्रस्तुत गरे । शिक्षक त्रिलोचन गौतमले नेपाली कक्षाका गतिविधि सम्बन्धि जानकारी गराएका थिए ।
समाजका अध्यक्ष भिमसेन खड्काले उपस्थित सम्पूर्ण अभिभावक तथा बालबालिकाप्रति धन्यवाद ज्ञापन गरे । उपाध्यक्ष कल्पना पण्डितले आगामी दिनमा पनि यस प्रकारका कार्यक्रम गर्ने जानकारी दिइन्।
समाजका सचिव तथा कार्यक्रम संयोजक डा भरत पौड्याल, उपाध्यक्ष कल्पना पण्डित, सदस्य लक्ष्मण श्रेष्ठ तथा दुर्गा ढकालको संयोजनमा संचालन भएको उक्त कार्यक्रममा लक्ष्मण श्रेष्ठ र सुमित्रा श्रेष्ठले स्वादिष्ट प्रसादको सौजन्य र व्यवस्थापन गरेका थिए।
नेपाली भाषाका शिक्षक त्रिलोचन गौतमले सहयोगी भूमिका निर्वाह गरेका थिए । दोस्रो पुस्ताका नेपाली बालबालिकालाई नेपाली संस्कार तथा संस्कृति हस्तान्तरण गर्न यस्ता कार्यक्रम गरिराख्नु पर्ने सचिव पौड्यालले बताए।
ग्रेटर रेडिङ नेपाली समाजका उपाध्यक्षहरु यादव श्रेष्ठ, सुरेशजंग थापा, प्रेम गुरुङ एवं सदस्यहरु वीनस रिजाल ,इन्दु सुब्बा लगायतले कार्यक्रम सफल पार्न सहयोग गरेका थिए भने अभिभावकहरु रमेश पण्डित, रमेश कायस्थ, प्रकाश तिवारी, सूर्य त्रिपाठी, भुपाल शाही, डा. बुद्धि पाठक, शेखर भट्टराई, निराजन थापालगायत अन्यले पनि महत्वपूर्ण भूमिका निर्वाह गरे ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५