आइतबार, पुष १४, २०८१
06:36 | १२:२१

एनआरएनए स्कटल्यान्डको सक्रियता-आइतबार अन्तरक्रिया, सोमबार घुम्ती सेवा

नेपाली लिङ्क फ्रेब्रवरी १४, २०२४

फाइल तस्विर: एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषद टिम

लन्डन-एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषद एक साताभित्रै दुई कार्यक्रम आयोजनाको तयारीमा जुटेको छ ।  

परिषदले यही फेब्रुअरी १८ तारिख आइतबार गैरआवासीय नेपाली नागरिकतासम्बन्धि एक अन्तरक्रिया कार्यक्रम गर्दैछ। त्यसको भोलिपल्टै १९ तारिख सोमबार परिषदकै पहलमा लन्डनस्थित नेपाली दूतावासको घुम्ती सेवा सञ्चालन हुने भएको छ।

‘गैरआवासीय नेपाली नागरिकताका फाइदा र चुनौति’ विषयमा हुन लागेको अन्तरक्रिया कार्यक्रममा एनआरएनए आइसीसीका उपाध्यक्ष एवम् नागरिकता निरन्तरता समितिका संयोजक रामशरण शिम्खडा, उपाध्यक्ष डा हेमराज शर्मा र एनआरएनए नागरिकता निरन्तरता समितिका ‘फोकल पर्सन्’ सरोज दाहाल अतिथि वक्ताका रुपमा सहभागी हुंदैछन्। 

परिषद अध्यक्ष दिवाकर पाण्डेले हालै कार्यान्वयनमा आएको गैरआवासीय नेपाली नागरिकताका सम्बन्धमा धेरैमा अलमल र बुझाइको कमी देखिएकाले त्यसलाई स्पष्ट पार्ने उद्धेश्यले अन्तरक्रिया गर्न लागिएको बताए।

भर्चुअल माध्यमबाट सञ्चालन हुने अन्तरक्रिया यूके समय बिहान साढे ९ बजे तय छ।

त्यस्तै, आगामी सोमबार फेब्रुअरी १९ तारिखमा परिषदकै पहलमा स्कटल्यान्डमा लन्डनस्थित नेपाली दूतावासको घुम्ती सेवा सञ्चालन हुने भएको छ।

त्यसअवसरमा दूतावासले एनआरएनए कार्ड, वारेसनामा, भिसा, पासपोर्टलगायत सेवा प्रदान गर्नेछ।

घुम्ती सेवाबाट करिब डेढ सय स्थानीय नेपालीले सुविधा लिने आशा लिइएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू