लन्डन एल्थामको ‘याक एन्ड यती’ मा अब रेष्टुरेन्ट सेवा पनि


लन्डन- साउथ इष्ट लन्डनमा नेपाली कुइजिनको लोकप्रिय ‘याक एन्ड यती’ मा रेष्टुरेन्ट सेवा शुरु भएको छ।
एल्थाम वेष्ट माउन्ट रोडमा अवस्थित याक एन्ड यतीमा हालै ‘रेष्टुरेन्ट सिटिङ’ थपिएको हो।
एक दशकअघि एल्थाम हाई स्ट्रिटमा ‘डाइनिङ इन’ सेवासहित शुरु भएको रेष्टुरेन्टले कोभिडकालमा वेष्ट माउन्ट रोडमा सरेपछि टेकअवे मात्रै गर्दै आएको थियो।
रेष्टुरेन्टका सञ्चालक डम्बर शर्माले ग्राहकको ‘डाइनिङ इन’ चाहनालाई ध्यानमा राख्दै रेष्टुरेन्ट सेवा थप गरिएको जानकारी दिए।
उनले एक राउन्डमै २५-३० ग्राहकहरु अट्ने ‘सिटिङ एरिया’ उपलब्ध रहेको बताए। जसका लागि पहिले नै टेकअवे सञ्चालन भएकै स्थानलाई ‘रिफर्बिस’ गरिएको उनले जनाए।
‘याक एन्ड यती’ को मेन्यूमा नेपाली र इन्डियन कुइजिनका स्वादिष्ट परिकारहरु समावेश छन्। रेष्टुरेन्टका स्पेसालिटीमा म:म, सुकुटी, छोइला, भुटनसहित मुखै रसाउने टिपिकल नेपाली परिकारहरु छन्।
रेष्टुरेन्टका हेड सेफ एवम् सञ्चालक मोहन उप्रेतीका अनुसार नेपाली खानाका हरेक परिकार रेष्टुरेन्टमा उपलब्ध छन्।
‘धेरै नेपाली परिकार मेन्यूमै छन्। त्यसबाहेक अरु जुनसुकै नेपाली परिकार पनि ग्राहकले खोज्नुहुन्छ भने हामी तयार गर्नेछौँ’, उनले भने।
रेष्टुरेन्टले ग्राहकलाई आफ्नै बियर, वाइनजस्ता अल्कोहलिक पेय पदार्थ ल्याएर पिउन सक्ने सुविधा मिलाएको छ।
त्यस्तै, डेलिभरी, टेकअवे सेवाका साथै विवाह, व्रतवन्ध, पास्नीलगायत शुभअवसरहरुका लागि आउटडोर क्याटरिङ सेवा पनि याक एन्ड यतीले उपलब्ध गराएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५