अन्तत: पोर्चुगलमा नेपाली दूतावास, पहिलो राजदूत नियुक्त भए नेपाल



पोर्चुगलका लागि नेपाली राजदूत नियुक्त शनिल नेपाल
लन्डन- युरोपेली मुलुक पोर्चुगलमा नेपाल सरकारले पहिलोपटक राजदूत नियुक्त गरेको छ।
राजदूत नियुक्तिसंगै आफ्नो देशको कूटनीतिक नियोगका लागि पोर्चुगलवासी नेपालीहरुको लामो प्रतिक्षाको सुखद अन्त्य भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शनिल नेपाललाई गणतन्त्र पोर्चुगलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।
त्यस्तै, क्यानडाका लागि नेपालको आवासीय राजदूतमा भरतराज पौडेल नियुक्त भएका छन्।
सरकारले सिफारिश गरेका राजदूतद्वय यसअघि नै संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका थिए। सम्बन्धित देशहरुबाट अग्रिमो पठाएपछि राष्ट्रपतिले राजदूत नियुक्त गरेका हुन्।
पछिल्लो वर्षहरुमा पोर्चुगलमा नेपालीको संख्या उल्लेख्य बढेपछि नेपाली दूतावासको आवश्यकता टड्कारो बनेको भन्दै माग हुंदै आएको थियो।
दूतावास स्थापनाबाट त्यहाँस्थित हजारौं नेपाली प्रत्यक्ष लाभान्वित हुनेछन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५