त्रिपक्षीय वार्तामा समान पेन्सनमा ‘नेगोसिएसन’ हुन्न (भिडियो)


लन्डन। संयुक्त गोर्खा सत्याग्रह समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले त्रिपक्षीय वार्ता सफल नभए भूतपूर्व गोर्खाहरु कठोर आन्दोलन गर्न वाध्य हुने बताएका छन् ।
नेपाली लिंकसंगको संवादमा राईले सत्याग्रह आन्दोलनबाट नथाकेको जनाउंदै भने, ‘बरु कुकुरले हड्डी छाड्ला, हामी आफ्ना माग कदापी छाड्दैनौं ।’
राईले ब्रिटिश सरकारले समान पेन्सन दिन आनाकानी गरिरहेपनि आफूहरुको बटमलाइन समान पेन्सनमात्र भएको दोहोरयाए ।
‘हामी वेलफेयरको कुरा जान्दैनौं, समान पेन्सनबाहेक अरु शर्तमा नेगोसिएसन नै हुन्न’, उनले प्रष्ट भने, ‘बेलायतले ‘डिनाइ एण्ड डिले’ को रणनीति अपनाएर हामीलाई झुक्याउन सक्दैन। अब निर्णायक आन्दोलन वार कि पार हुन्छ ।’
राईले बेलायतले गोर्खाहरुलाई विगतमा धेरै पटक आशा देखाउने र पछि झुक्याउने गरेको उल्लेख गर्दै यसपटक पनि त्यस्तै दोहोरिए फेरि वार्ता भन्दै अलमल नगर्ने स्पष्ट पारे।
उनले गोर्खाहरुको एकता र सहमतिमा जोड दिंदै वार्ता निर्णायक चरणमा पुगेका बेला एक आपसमा हिलो छ्याप्ने काम नगर्न सबैलाई अपील गरे।
बेलायत र नेपाल सरकार एवं गोर्खा प्रतिनिधिहरुबीच यही फेब्रुअरी २१ र मार्च २७ (मन्त्रिस्तरिय) मा त्रिपक्षीय वार्ताको मिति तय भइसकेको छ ।
हेरौं भिडियोः
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५