बुधबार, पुष १७, २०८१
00:41 | ०६:२६

नेपालका मन्त्रीहरु भेटेर विश्व भ्रमणमा निस्किए एनआरएनए उपाध्यक्ष सेन

नेपाली लिङ्क फ्रेब्रवरी ३, २०२४


लन्डन । विनोद कुंवर नेतृत्वको गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष थर्क सेनले नेपालका मन्त्री र शीर्ष नेताहरु भेटेर वंशजको नेपाली नागरिकता निरन्तरता कायम हुनुपर्ने आफूहरुको माग स्मरण गराएका छन् ।

उपाध्यक्ष सेनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद र कानून, न्याय तथा संसदीय मामिलमन्त्री धनराज गुरुङलाई बेग्लाबेग्लै भेटेर एक पटकको नेपाली सधैंको नेपाली हुने अधिकारबाट वञ्चित नगर्न मन्त्रीहरुसमक्ष आग्रह गरे ।

भेटघाटमा संघ विश्वभरका नेपालीलाई एउटै मालामा गांस्न सफल भएको र देशको आर्थिक तथा सामाजिक विकासमा यसले हातेमालो गरिरहेको पनि उपाध्यक्ष सेनले अवगत गराएका थिए ।

मन्त्रीहरुसंगको भेटमा सेनले नेपालको सडक दुर्घटना स्थिति निकै भयावह भएको उदाहरण पेश गर्दै यसको न्यूनीकरणका लागि विभिन्न सुझाव दिएका थिए । उनले सडक सुरक्षा सम्बन्धि ‘एनआरएनए ह्याण्डबुक’ समेत प्रदान गरे ।

उपाध्यक्ष सेनले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई समेत भेटेर यस विषयमा गम्भीर छलफल गरेको जनाए ।

यसैबीच, आगामी महाधिवेशनमा अध्यक्षका प्रवल दावेदार मानिएका सेन अहिले विश्व यात्रामा निस्किएका छन् । उनी चीनको गोन्जाओ, जापान हुंदै कोरिया यात्रामा छन् ।

जापानमा ३ दिनको बसाइका क्रममा उनले त्यहांका नेपालीहरुसंग पनि भेटघाट गरिरहेका छन् । त्यसपछि उनी कोरियाको सियोलमा नेपाल सरकार, कोरिया सरकार र एनआरएनए आइसीसीको संयुक्त आयोजनामा यही ५ देखि ७ फेब्रुअरीमा हुन लागेको खेल पर्यटन सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । उक्त सम्मेलनमा एनआरएनए प्रमुख संरक्षक डा. शेष घले पनि आउने भएका छन् ।

सेनले यात्राका क्रममा कोरियाका एनआरएनए अभियन्ता, अग्रज साथै शुभचिन्तकहरूसंग भेटघाट गरि समसामयिक विषयमा छलफल हुने अपेक्षा गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू