गोर्खा मुद्धा सुल्झाउने अन्तिम मौका नगुमाउन बेलायतलाई गेसोको आग्रह
लन्डन- गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले गोर्खाहरुको मुद्धा सुल्झाउने अन्तिम मौका नगुमाउन बेलायतलाई आग्रह गरेको छ।
नेपाल भ्रमणमा गएका बेलायती सेना प्रमुख जनरल सर पेट्रिक स्यान्डर्सले काठमाडौँमा उच्चस्तरीय भेटघाट गरिरहंदा गेसोले गोर्खा सैनिकका नाममा नेपाली नागरिकहरूमाथिको चरम असमानता, भेदभाव र अमानवीय व्यवहार सदाका लागि अन्त्य गर्न बेलायतलाई आग्रह गरेको हो।
गेसो सभापति कृष्णकुमार राईले विहीबार एक वक्तव्य जारी गर्दै गेसोले अबको वार्तामार्फत् विगत २ सय ८ वर्षदेखि गोर्खा सैनिक र उनका परिवारहरूमाथिको अन्याय, अत्याचार, भेदभाव र असमानता सदाका लागि अन्त्य गरी बेलायतले दुई देशबीचको सम्बन्ध र गोर्खा समुदायप्रतिको दायित्वलाई नयाँ शिरामा रुपान्तरण गरोस् भन्ने चाहेको उल्लेख गरेका छन्। अन्यथा स्थिति थप गम्भीर हुने चेतावनी उनले दिएका छन्।
राईले गोर्खा वार्ता सफल पार्न गेसोले नेपाल सरकारलाई निरन्तर दबाब दिंदै आएको पनि स्मरण गराएका छन्।
वक्तव्य:
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५