शुक्रबार, चैत १४, २०८१
सरकारी जग्गा हडपेको आरोपमा विनोद चौधरीका भाइ अरुण पक्राउ


नेपाली लिङ्क
फ्रेब्रवरी १, २०२४
काठमाडौं-बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोपमा व्यवसायी अरूण चौधरी पक्राउ परेका छन्।
डलर अर्बपति विनोद चौधरीका भाइ अरूण र कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले बिहीबार दिउँसो पक्राउ गरेको हो।
उनीहरूले वि.सं. २०४२ सालदेखि सरकारी जग्गालाई आफ्नो नाममा बनाउने काम सुरू गरेको आरोप छ।
जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरी समूहले आफ्नो कम्पनीको नाममा ल्याएको पाइएपछि सीआईबीले अनुसन्धान सुरु गरेको हो।
काठमाडौं जिल्ला अदालतले चौधरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५