इंग्ल्यान्डमा सामान्य बिरामीको उपचार अब फार्मेसीबाटै


लन्डन। इंग्ल्यान्डमा सामान्य बिरामीलाई अब फार्मेसीहरुले नै औषधि सिफारिश गर्न सक्ने भएका छन्।
घाँटी दुख्ने, कान दुख्ने जस्ता विभिन्न सात अवस्थाको उपचार अब डाक्टरकहाँ जानु नपर्ने गरी सिधै फर्मासिस्टबाट उपलब्ध गराइने भएको हो।
साइनसाइटिस, इम्पेटिगो (छालाको संक्रमण) देखि संक्रमित किराको टोकाइ र महिलाको मूत्रमार्गसम्बन्धि संक्रमणलगायतका अवस्थामा फार्मेसीले औषधि सिफारिश गर्न सक्नेछन्।
‘फार्मेसी फर्स्ट’ योजना अन्तर्गत इंग्ल्यान्डका अधिकांश केमिस्टहरूलाई अपोइन्टमेन्ट वा रेफरलहरू बिना नै बिरामीलाई ‘प्रेस्क्रिप्सन’ जारी गर्न अनुमति दिइनेछ।
फर्मासिस्टहरूले बिरामीहरुसँग गोप्य परामर्श लिन सक्छन् र एन्टिबायोटिकसहित कुनै उपचार आवश्यक छ कि छैन भनेर सल्लाह दिन सक्छन्। थप विशेषज्ञ वा फलो-अप चाहिने बिरामीहरूलाई रिफर गरिनेछ।
नयाँ व्यवस्थाले एक वर्षमा करिब १० मिलियन ( एक करोड) जीपी ‘अपोइन्टमेन्ट’ हरू घटाउने एनएचएस इंग्ल्यान्डले आशा लिएको छ।
फार्मेसी सञ्चालकहरूले नयाँ कदमलाई स्वागत गरेका छन्। तर उनीहरुले आवश्यक कोष र हालै फार्मेसीहरु बन्द भइरहेकोबारे चिन्ता व्यक्त गरेका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५