लन्डन दूतावासमा नयां सैनिक सहचारी
लन्डन । लन्डनस्थित नेपाली राजदूतावासका सैनिक सहचारी सहायक रथी रत्नबहादुर गोदार आफ्नो तीन वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किएका छन् ।
गोदार गत १९ जनवरीमा नेपाल फर्किएका हुन् । त्यसै दिनदेखि नव नियुक्त सैनिक सहचारी महासेनानी अनुप शाहले पदभार सम्हालेका छन् । शाहले वि.सं. २०५० सालदेखि सैनिक सेवा शुरु गरेका थिए । उनी सन् १९९६ मा बेलायतस्थित रोयल मिलिट्री एकेडेमी स्यान्डहर्स्टबाट कमिसन भएका थिए ।
गोदार नेपाल प्रस्थान गर्नुअघि दूतावासले एक विदाइ कार्यक्रम समेत गरेको थियो । विदाइ समारोहमा राजदूत ज्ञानचन्द्र आचार्यसहित अन्य कर्मचारीले गोदारको सुखद यात्राका लागि शुभकामना व्यक्त गर्दै नवनियुक्त सैनिक सहचारी महासेनानी शाहलाई राजदूतावासमा औपचारिक स्वागत गरेका थिए ।
सैनिक सहचारीले सेनाको मात्र नभइ दुई देशको कूटनीति र सरकारहरुबीच सम्बन्ध निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५