एनआरएनएद्वारा लुम्बिनी प्रदेशमा पनि मोबाइल ब्लड बस हस्तान्तरण


काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले लुम्बिनी प्रदेशमा घुम्ती मोबाइल ब्लड बस हस्तान्तरण गरेको छ ।
संघका अध्यक्ष डा. बद्री केसीले शुक्रवार नेपालगंजमा आयोजित एक समारोहबीच नेपालगंज उपमहानरपालिकाका कार्यबाहक नगरप्रमुख कलरुद्दिन राईमार्फत नेपाल रेडक्रस सोसाईटी बाँकेका अध्यक्ष गोवर्धन सिंह सम्झनालाई बस हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष डा. केसीले ५० लाख बढी नेपाली विभिन्न बाध्यताले विदेशिनु परेको बताए ।
उनले विदेशबाट दैनिक १० देखि १२ जनाको शव नेपाल आउने गरेको प्रति दुःख व्यक्त गर्दै गैरआवासीय नेपाली संघले विदेशमा रहेका श्रमिकहरुको हितमा काम गर्दै आएको बताए ।
केसीले संघले विगत दुई दशकमा १ खर्ब लगानी र १ अर्ब बराबरको परोपकारी काम गरेको पनि जानकारी दिए ।
कार्यक्रममा नेपालगञ्ज उपमहानरपालिकाका कार्यवाहक नगरप्रमुख कलरुद्दिन राईले विदेशमा बस्ने नेपालीहरुको सहयोगमा लुम्बिनी प्रदेशमा मोबाइल ब्लड बस सहयोग गरेकोप्रति खुसी व्यक्त गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रमण कुमार पोखरेल, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्रसिंह ऐर लगायत स्थानीय सरकारी अधिकारीहरु, संघका उपाध्यक्ष रामशरण सिमखडा, ओशिनिया क्षेत्रीय संयोजक दिनेश पोखरेल, हेमन्त काफ्ले आइसीसी सदस्य, सल्लाहकाहरु टिबी कार्की, भैरव ढकाल, भवानी ओली विधान संशोधन समितिका संयोजक, सत्यनारायण झा एनआरएनए माल्टा उपाध्यक्ष, संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत, अधिकृत कुनाल मिश्र, एनआरएन अभियान्ता तीर्थ भट्टराई लगायतको उपस्थिति थियो ।
सातै प्रदेशमा मोबाइल ब्लड बस सेवा संचालन गर्ने नीति अनुरुप गैरआवासीय नेपाली संघले यसअघि कोशी प्रदेश, मधेश प्रदेश, बागमती र सुदुरपश्चिम प्रदेशमा मोबाइल ब्लड बस हस्तान्तरण गरिसकेको छ । यस कार्यकालमा बाँकी प्रदेशमा पनि दिने योजना छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५