लन्डनमा मृत भेटिएका सन्दीप तामाङको घर ललितपुर नखिपोट, परिवारसँग भयो सम्पर्क



मृतक सन्दीप तामाङ
लन्डन-गतसाता लन्डनमा मृत फेला परेका २५ वर्षीय सन्दीप तामाङको परिवारसँग अन्तत: सम्पर्क स्थापित भएको छ ।
ललितपुर नखिपोट बस्ने उनको परिवारसँग सम्पर्क भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ।
दूतावासका सेकेन्ड सेक्रेटरी रामबाबु नेपालले मृतकको परिवारसम्म पुग्न सफल भएको जानकारी नेपाली लिंकलाई दिए।
पारिवारिक स्रोतका अनुसार तामाङ केही समयअघि ‘स्किल्ड’ भिसामा बेलायत आएको र पछिल्लो समय परिवारसँग समेत सम्पर्कमा नरहेको पाइएको उनले बताए।
तामाङको शव बुझ्ने र नेपाल लैजाने वा बेलायतमै अन्त्येष्टि गर्ने जस्ता विषयमा दूतावासले अब उनको परिवारसँग सल्लाह गर्ने नेपालले जनाए।
तामाङको मृत्युको कारण अझै स्पष्ट भइनसकेको र दूतावासले बेलायती प्रहरीसँग थप जानकारी माग गरेको जनाइएको छ।
यसअघि तामाङको शव यही जनवरी २० तारिखका दिन फेला परेको बेलायती प्रहरीले जनाएको थियो ।
बुधबार लन्डन हेज क्षेत्रको प्रहरीले लन्डनस्थित नेपाली दूतावासलाई इमेल लेख्दै तामाङको शव भेटिएको जानकारी गराउंदै उनको पहिचानका लागि सघाउन आग्रह गरेको थियो ।
अन्य विवरण उपलब्ध नरहेपनि लन्डन हेज प्रहरीले खबर गरेका कारण सोही क्षेत्र आसपासमा उनको शव भेटिएको अनुमान गरिएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५