लन्डनमा २५ वर्षका सन्दीप तामाङ मृत भेटिए, आफन्त खोज्दै प्रहरी
अपडेट: लन्डनमा मृत भेटिएका सन्दीप तामाङको घर ललितपुर नखिपोट, परिवारसँग भयो सम्पर्क
लन्डन- लन्डनमा एक नेपाली युवा मृत अवस्थामा फेला परेका छन्। २५ वर्षीय सन्दीप तामाङको शव यही जनवरी २० तारिखका दिन फेला परेको बेलायती प्रहरीले जनाएको छ।
मृतक तामाङको शव बुझ्न यतिबेला प्रहरीले उनका आफन्तको खोजी गरिरहेको छ।
बुधबार लन्डन हेज क्षेत्रको प्रहरीले लन्डनस्थित नेपाली दूतावासलाई इमेलमार्फत् तामाङको शव भेटिएको जानकारी गराउंदै उनको पहिचानका लागि सघाउन आग्रह गरेको उपनियोग प्रमुख रोशन खनालले नेपाली लिंकलाई जानकारी दिइन्।
२५ वर्षका सन्दीप तामाङको जनवरी २० मा शव फेला परेको भन्नेबाहेक अरु जानकारी उपलब्ध नभएको उनले बताइन् ।
‘हामीले नाम र उमेरबाहेक अरु कुनै जानकारी पाएका छैनौं। प्रहरीसँग पासपोर्ट भए उपलब्ध गराउन भनेका छौँ’, खनालले भनिन् ‘त्यसपछि पहिचान गर्न सहज हुनेछ ।’
उनको मृत्युको कारणबारे पनि केही नखुलेको उनले बताइन्। तर लन्डन हेज प्रहरीले खबर गरेका कारण सोही क्षेत्र आसपासमा शव भेटिएको अनुमान गरिएको छ।
मृतक सन्दीप तामाङलाई चिन्ने वा उनीसम्बन्धि कुनै जानकारी हुनेहरुलाई लन्डन हेज् प्रहरी वा लन्डनस्थित नेपाली दूतावासलाई सम्पर्क गर्न आग्रह गरिएको छ।
एनआरएनए यूके (गाहा) अध्यक्ष प्रेम गाहा मगरले पनि मृतकको आफन्तलाई सम्पर्कमा आउन आग्रह गर्दै आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने बताएका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५